अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५१ | Colorodo: 08:06

अष्ट्रेलियाको व्यस्त चोकमा जानाजान पैलदयात्री माथि कार चलाउँदा कम्तीमा १४ जना घाइते

बिआरटीनेपाल २०७४ पुष ६ गते ११:३० मा प्रकाशित

अष्ट्रेलियाको मेलबर्न शहर स्थित एक व्यस्त चोकमा जानाजान पैलदयात्री माथि कार चलाउँदा कम्तीमा १४ जना घाइते भएका छन् भने एक बच्चासहित केहीको अवस्था गम्भीर रहेको छ । फ्लिन्डर्स स्ट्रिट सडकमा गराईको सो अप्रिय घटनामा कयौं मानिसहरुलाई लक्षित गरि अफगानी मूलका अष्ट्रेलियाली नागरिकद्वारा अन्धधुन्द कार चलाईएको हो ।

कार चलाउने ब्यक्तीसंगै रहेका अर्का ब्यक्ती भने त्यो घटनाको दृश्य कैद गरिरहेका देखिन्थे । दृश्य कैद गर्ने ब्यक्तीले चक्कुहरुले भरिएको झोला बोकिरहेका थिए। कार चलाउने ब्यक्ती र दृश्य कद गर्ने दुवैजनालाई प्रहरीले केही समयपछि नै नियन्त्रणमा लिएको थियो ।

घटना घटाउने ब्यक्तीले लागू ‍औषधको प्रयोग गर्ने गरेको र उनमा मानसिक समस्याु रहेको खुलासा भएको छ भने अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले घटनाबारे अनुसन्धान शुरु भएको बताउँदै घाइते र तीनका परिवारजनप्रति सामाजिक संजालको वेबसाईट ट्वीटरमार्फथ सहानुभूति प्रकट गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू