अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

स्थानीयवासीको सक्रियतामा डोल्पाको जंगलमा लागेको भीषण आगलागी नियन्त्रणमा

बिआरटीनेपाल २०७४ पुष ६ गते ४:५८ मा प्रकाशित

त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं १ स्थित गौचर बनमा लागेको भीषण आगो नियन्त्रणमा आएको छ । बस्ती नजिकैको सो वनमा दुई दिनदेखि लागेको भीषण आगलागी स्थानीयवासीको सक्रियतामा निभाइएको स्थानीय नन्दबहादुर शाहीले बताउनुभयो । 

आगलागी नियन्त्रणका लागि भिजाइएका कपडा, रुखका हाँगा, कुटो कोदालोसहित गाउँका, महिला, युवा केटाकेटी सबै वनमा पुगेका थिए ।
आगलागीले चरिचरनका रुपमा रहेको रैबुन, भलखोला हुँदै दैचउरसम्मको सम्पूर्ण वन सखाप भएको छ ।

वन सबै आगलागीले सखाप पारेपछि बस्तुभाउ चराउन समस्या भएकाले स्थानीयवासी चिन्तित भएका छन् ।

आगलागीका सम्बन्धमा स्थानीयवासीले नै अनुसन्धान गरिरहेको शाहीले बताउनुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू