अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०० | Colorodo: 01:15

मुना थापा मगर र सविन तामाङको ‘दुनियाँले हल्ला चलायो’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ पुष ६ गते ४:४० मा प्रकाशित
प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका मुना थापा मगर र गायक सविन तामाङको  दुनियाँले हल्ला चलायो गीत भिडियो सहित सार्वजनिक  भएको छ । माया प्रेमका मार्मिक भावहरुलाई समेटेर तयार परिएको गीतमा  माया प्रेममा विछोडिनु पर्दाको  मनभित्रको गहिरो चोटलाई प्रस्तुत गरिएको छ । 
कमल बस्नेतको शब्द तथा सङ्गीत संयोजन रहेको गीत भिडियोमा मायामा निराधार आरोपको हल्ला चल्दाको दृश्य  कलात्मक रूपमा समेटिएको छ ।
मुकेश हुँमागाईको छायाङ्कन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन रहेको भिडियोमा कलाकारहरू सगुन शाही , कमल बस्नेतको अभिनय रहेको छ ।

प्रतिक्रिया