अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४७ | Colorodo: 11:02

लोकदोहोरी गीत ‘लव पर्छ फ्याटकी फ्याट’ सार्वजनिक

बिआरटीनेपाल २०७४ पुष ६ गते ३:४८ मा प्रकाशित

इन्देणी अनलाइन रोधी घरको प्रस्तुतिमा गायक दिनेश श्रेष्ठ , हरि श्रेष्ठ र रोजिना तामाङको लोकदोहोरी गीत लव पर्छ फयाटकी फयाट् भखरै बजारमा आएको छ । युवा अवस्थामा पुगेका माया प्रेममा का भावहरु र प्रविधिको प्रयोगबाट मानिसको जीवनमा पर्ने प्रभावलाई गीतको भिडियो समेटिएको छ ।

समय र कालखण्ड अनुसार मानिसले त्यसै अनुसारको वातावरण सिर्जना हुने सकारात्मक सन्देश दिने प्रयास गरिएको छ । किशोर अवस्थामा रहेका युवा युवतीमा हुने माया र प्रेमलाई सबैले स्वीकार गर्नै पर्छ र सोही सन्देशलाई उजागर गर्न र समाजका व्यक्तिहरूलाई सकारात्मक चेतनाको विकाश गर्न गीतले सहयोग गर्ने अपेक्षा गायिकाले गरेकी छन् ।

दिनेश श्रेष्ठको शब्द तथा सङ्गीत, सागर गौत्तमको छायाङ्कन ले कलात्मक रूपमा भिडियो बनाएका छन् । मिलन श्रेष्ठको निर्देशन , रोशन धितालको सम्पादन ,र विनोद लामा मोक्त्तान , रोजिना तामागं , रितु रिमालको अभिनय भिडियोमा रहेको छ ।

प्रतिक्रिया