अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

क्यालिफोर्नियामा नेपाली भाषामा DL परिक्षा: हस्ताक्षर अभियान सुरु

कृष्ण के सी-सान फ्रान्सिस्को २०७४ पुष ५ गते २३:२३ मा प्रकाशित

स्टेट अफ क्यालिफोर्नियामा बस्ने नेपाली भाषीहरुले सबारी चालक परिचय पत्र (California Licenses-“DL”)  को लागि दिने टेस्ट नेपाली भाषामा दिन पाउनको लागि अभियान सुरु गरिएको छ।

लस एन्जल्स र सान फ्रान्सिस्को बे एरियामा घना रुपमा रहेका नेपाली भाषीहरुको अनुमानित संख्या १ लाख भन्दा धेरै मानिएको छ। भुट्निज नेपाली अमेरिकन, नेपाली र नेपाली मुलका नेपाली अमेरिकन तथा जो कोही पनि स्टेट अफ क्यालिफोर्नियामा बस्ने तर १८ वर्ष उमेर पुगेका व्यक्तिले यो अभियानमा हस्ताक्षर गरेर सहयोग गर्न सक्नुहुनेछ।

बिशेषगरी स्टेट अफ क्यालिफोर्निया मतदाता (राजिस्टर भोटर्स) हरुको योगदान र सपोर्टको अर्थ झन ठूलो हुनेछ। तर हस्ताक्षर गर्न मतदाता नै हुनुपर्छ भन्ने छैन। १८ वर्ष उमेर पुगेका कानुनी रुपमा रहेका जो कोही पनि सहभागी हुन सक्नुहुनेछ।

यो अभियानलाइ टुंगोमा पुर्याउनको लागि लायन्स क्लब District 4-C6 का Governor Robert Stewart (Bob) को प्रस्ताब र लायन्स क्लब District 4-C3 का Governor Rajen Thapa को समर्थनमा क्यालिफोर्निया राज्यका MD 4 Council of Governs (जहाँ १५ वाट District छन, २० हज्जार भन्दा बढ़ी सदस्यहरु छन) को पुर्ण बैठकले मुख्य एजेण्डाको रुपमा अनुमोदन गरि हस्ताक्षर संकलन शुरु गरिएको हो।

अभियानलाइ ब्यबस्थित गर्नको लागि तत्काल निम्न ब्यबस्थाहरु गरिएको छ:

१. DL टेस्टको प्रश्न-पत्रहरु नेपालीमा अनुवाद गर्न लाग्ने ख़र्च Lions clubs MD 4 council California को कोषबाट गरिनेछ।

२. अभियानलाई सशक्त र प्रभाबकारी बनाउन, क्यालिफोर्नियाका बिभिन्न शहरमा कृयाशिल संपूर्ण नेपाली संघ-संस्था, संस्थाका पदाधिकारीहरु, सामाजिक अभियन्ताहरुसंग समन्वय र सहकार्य गर्न र सबैलाई यस अभियानमा समेट्न गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (NRNA ICC) का सदस्य डिल्ली भट्टराईको नेतृत्वमा आबस्यकता अनुसार सदस्यहरु थप्न सकिने गरि कार्यदल गठन गरिएको छ।

३. अभियानलाइ प्रचार प्रसार गर्न र अन्य संचारकर्मिहरुलाई समेत यो अभियानमा सरिक गराउन Hollywood Khabar का संचालक पत्रकार कृष्ण सँजेल के सी लाई ज़िम्मेदारी दिईएको छ।

त्यसैले स्टेट अफ क्यालिफोर्नियामा बस्ने १८ वर्ष उमेर पुगेका सम्पूर्ण नेपाली र नेपाली भाषीहरु तथा यो अभियानलाइ पुरा गर्नको लागि तपाइँ जो कोही १८ वर्ष उमेर पुगेर कानुनी रुपमा रहेकाले यो प्रस्तावमा हस्ताक्षर गर्न सक्नु हुँनेछ। हस्ताक्षर पश्चात प्रस्ताव कानुनी प्रकृयाका लागि पेश गरिनेछ।

This petition will be delivered to:

* Secretary

* California State Senate

* California State House

This petition:

California DMV administered Driver License test translated into Nepali. Nepalese legal residents of California currently exceed 100,000. It is their and our intention that Nepalese as well as all legal residents integrate, assimilate, and add community service focused value to the culture of California. We each need an equal opportunity for transportation, including a California driver license so that we can engage in more meaningful employment. The DMV Drivers Test is translated into dozens of languages by the DMV, but not Nepali.

This petition will be delivered to:

* Secretary

* California State Senate

* California State House

Reasons for signing

The DMV Drivers Test is translated into dozens of languages by the DMV, but not Nepali.

हस्ताक्षार गर्नको लागि तलको लिंक क्लिक गर्नुहोस हस्ताक्षर गर्नको लागि तपाइको लिगल नाम र इमेल एड्रेस आवश्यक्ता पर्दछ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू