अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९ | Colorodo: 22:44

द्वन्दग्रस्त क्षेत्रका नागरिकको जीवन रक्षाका लागि राष्ट्रसंघको अपिल

बिआरटीनेपाल २०७४ पुष ५ गते ४:३४ मा प्रकाशित

यमनमा पछिल्लो समयमा जारी द्वन्द्वमा सर्वसाधारण नागरिक मारिने क्रम नरोकिएको भन्दै यसको रक्षाका लागि संयुक्त राष्ट्रसंघले विशेष अपिल गरेको समाचार छ ।  यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिले यमनमा जारी विद्रोही र सरकारी सेनापक्षीय दोहोरो झडपहरुमा यहाँका सर्वसाधारण नागरिकको ज्यान जाने गरेको तथ्य प्रस्तुत गर्दै सो आग्रह गर्नुभएको हो । 

द्वन्द्वको चपेटामा परी निर्दाेष र सर्वसाधारण नागरिकले ज्यान गुमाउनुपरकोे अवस्था रहेकोतर्फ उहाँले सम्बद्ध सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

यमनको राजधानी सानामा पछिल्ला केही समययता पनि ठूला भिडन्तहरु भएका समाचारहरु आएका छन् । ती भिडन्त तथा द्विपक्षीय झडपहरुमा सर्वसाधारण नागरिकको ज्यान जोगाउनु पहिलो कर्तव्य हो–स्माली ओल्ड चेख अहमदले बताउनुभएको छ ।

सानामा पछिल्लो समययता यहाँका पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक सैन्य समूह, हुथी विद्रोही र वर्तमान राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका बीचमा ती भिडन्त भएका छन् ।

युद्धका बेलामा पनि विभिन्न विद्रोही समूह हुन् वा सरकारी सेनाले समेत अन्तरराष्ट्रिय कानुनको पालनाका साथै अरु विभिन्न प्रचलित कानुनको पालना गर्नु ती सबै समूहको कर्तव्य भएको पनि उहाँले सो विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । (रासस-सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू