अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१२ | Colorodo: 16:27

काठमाडौँको टोखास्थित झोर जंगलमा मृग भनेर गोली हान्दा महिला घाइते

बिआरटीनेपाल २०७४ पुष ५ गते ४:११ मा प्रकाशित

काठमाडौँको टोखास्थित झोरको जंगलमा मृग भनेर गोली हान्दा  एक महिला घाइते हुनुभएको छ । आज दिउँसो स्थानीय चासेडाँडाका चारजना युवा शिकार खेल्न झोरको जंगलमा जाँदा मृग भनेर गोली ताक्दा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते हुनुभएको हो । 

महानगरीय प्रहरी परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले महिलालाई घाँस काट्न गएको बेला गोली प्रहार भएको जानकारी दिनुभयो । गोली प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिइसकिएको उहाँले बताउनुभयो ।

घाइते दुलालको उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा लगिएको र घाइतेको अवस्था सामान्य रहेको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू