अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१ | Colorodo: 16:16

पोखरालाई हराउदै ‘इपिएल’मा विराटनगरको लगातार दोस्रो जित

बिआरटीनेपाल २०७४ पुष ५ गते ३:५२ मा प्रकाशित

एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा बिराटनगर वारियरले पोखरा राइनोलाई ३ विकेटले पराजित गरेको छ । पोखराले दिएको १२३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले अन्तिम ओभरमा ७ विकेट गुमाउदै सो लक्ष्य पुरा गरेको थियो ।

विराटनगरको जितमा अंशुमन रथले सर्वाधिक ६० रन बनाएका थिए भने बाबर शेखले २२ र कप्तान पारस खड्काले ११ रन बनाएका थिए ।पोखराका बलर इस्रारुल्लाह र सुशन भारीले २, २ विकेट लिए भने शक्ति गौचन र सुनील धमलाले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १२२ रन बनाएको थियो । पोखराको इनिंगमा राजेश मुल्मी मगरले सर्वाधिक ३० रन बनाएका थिए भने इस्रारुल्लाहले २१ रन बनाएका थिए । त्यस्तै सुनील धमला र ताज वालीले १८-१८ रन बनाएका थिए ।

विराटनगरका बलर पारस खड्काले सर्वाधिक ३ विकेट लिएका थिए भने बसन्त रेग्मी, रामनरेस गिरी र अभिनाश कर्णले एक एक विकेट लिएका थिए । विराटनगरले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ ।

प्रतिक्रिया