अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 06:08

नेपाली समाज टेक्सासको निर्वाचन: सुमन थापा र कमल सापकोटा टीम बनाएर मैदानमा

बीआरटी नेपाल सम्बाददाता-टेक्सास  २०७४ पुष ५ गते ०:०३ मा प्रकाशित

नेपाली समाज टेक्सास को निर्वाचन यही आउदो डिसेम्बर २३ मा हुदैछ।  निर्वाचनमा सहभागी हुन तोकिएको समय गत शनिवार भित्र टेक्सास का १६६६ नेपालीहरुले सदस्यता लिएका छन भने  डिसेम्बर १७ सम्म मनोनयन र डिसेम्बर १८ उमेद्वारी फिर्ता लिने समय तोकिएको निर्वाचनमा  हालकै कार्यकारिणी समितिका दुइ पदाधिकारीहरु कमल सापकोटा र सुमन थापा आआफ्नै टीम बनाएर निर्वाचन मैदानमा होमिएका छन। 

सुमन थापाको टीममा महासचिबमा बब (भक्त) भण्डारी, उपमहासचिवमा बिशान्त खड्का र  सहकोषाध्यक्षमा रवि रावलले मनोनयन दर्ता गरेका छन् भने कार्यसमितिका सदस्यहरूमा नविन कोइराला, गोबिन्द ढकाल, राजीव राजभाट, नवराज नाथ, सबिन्द्र थापा र प्रयास बास्तोलाले उम्मेदवार दर्ता गराएका छन् ।
त्यस्तै सापकोटा प्यानलबाट महासचिवमा कमल सत्याल, उपमहासचिवमा परशुराम दाहाल र सहकोषाध्यक्षमा निरज तिम्सिनाले मनोनयन पत्र दर्ता गरेका छन भने सदस्यहरूमा सा केशबराज केसी, बिकास उप्रेती र शरणकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनमा उपाध्यक्ष पदमा दिवस थापा, कोषाध्यक्षमा अमित शर्मा, महिला संयोजकमा अायशा अोझा र युवा तथा विद्यार्थी संयोजक पदमा  बिमला श्रध्दा श्रेष्ठ भने निर्विरोध भइसकेका छन। एनएसटीको निर्वाचन आउने शनिवार हुदैंछ । यो निर्वाचनले एनएसटीको १७ सदस्य कार्यसमिति चयन गर्ने छ।
झन्डै ४० हजार नेपाली बसोबास गर्ने अनुमान भएको टेक्सास मा एकहजार ६ सय ६६  ले मात्र सदस्यता दर्ता छन् । यो सदस्य संख्या दुई वर्ष अघि भन्दा निकै घटेको छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू