अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२१ | Colorodo: 14:36

अनेसास केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा Dr.Ambedkar Excellency Award बाट सम्मानित

बिआरटीनेपाल २०७४ पुष ४ गते ९:३९ मा प्रकाशित

अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम  विश्वकर्मा Dr.Ambedkar Excellency Award बाट सम्मानित भएका छन् । लामो समयदेखी साहित्यिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप अनेसास केन्द्रीय अध्यक्ष पदम विश्वकर्मालाई भारतले Dr.Ambedkar Excellency Award बाट सम्मानित गरेको हो ।

भारतका संविधान निर्माता तथा सुधारवादी बौद्ध गुरु डा० भीमराव रामजी अम्बेडकरको ३३ औं स्मृतिदिवसको अवसरमा आयोजित समारोहका बिच भारतको नया दिल्लीमा सम्मानित भएका पदम बिश्वकर्मा अमेरिकामा रहेर पनि नेपाली साहित्य र बिबिध सामाजिक कार्यका सक्रिय रहंदै आएका छन् । नेपाली ब्यक्तीले भारतका तर्फवाट पाएको यो सम्मान सिंगो नेपालका लागि गौरवको रुपमा हेरिएको छ ।

दलिद परिवारमा जन्मेर पनि सारा जीवन हिन्दू धर्मको हिन्दू वर्ण व्यवस्था, र भारतीय समाजमा व्याप्त जातीय व्यवस्थाका विरुद्धको संघर्षमा बिताएका डा० अम्बेडकरले बौद्ध महाशक्तिहरूको दलित आन्दोलन प्रारम्भ गरेका थिए ।

भारतिय ईतिहासमा उच्च सम्मानका साथ हेरिने डा० अम्बेडकरका कास्ट्स इन इण्डिया ,स्माल होलिंग्स इन इंडिया एण्ड देयर रेमिडीज , दी प्राब्लम अफ दि रूपी ,दी इवोल्यूशन अफ दि प्रोविन्शियन फाइनेंस इन ब्रिटिश इंडिया , एनाहिलेशन अफ़ कास्ट, मिस्टर गांधी एण्ड दी एमेन्सीपेशन अफ़ दी अनटेचेविल्स, रानाडे, गांधी एण्ड जिन्ना, थाट्स अन पाकिस्तान, ह्वाट कांग्रेस एण्ड गांधी हैव डन टू दी अनटचेविल्स , महाराष्ट्र एज ए लिग्विस्टिक स्टेट, हू वेयर दी शूद्राज, स्टेट्स एण्ड माइनोरीटीज लगाएतका थुप्रै पुस्तकहरु प्रकाशित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू