अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

लोकप्रिय गायक पुरुषोत्तम न्यौपाने मुग्लान भासिने युवाहरुका कथा बोकेर बजारमा (भिडियो)

बिआरटीनेपाल २०७४ पुष ४ गते ५:२२ मा प्रकाशित


नेपाली लोक गायनको क्षेत्रमा अत्याधिक सफल गायक पुरुषोत्तम न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । शिव सुवेदीको शब्द र संगीतमा रहेको गायक न्यौपानेको दु:खमा साहारा नपाएको हो बोलको गीत डिजिटल स्टारको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

अबोध छोराछोरी, माया गर्ने श्रीमती र बृद्ध आमा बाबुलाई छोडेर मुग्लान भासिने युवाहरुका कथालाई प्रतिनिधित्व गरेको यो गीतमा परदेशिने युवाहरुका रहर सपना र तिनै सपनाले जन्माएका पिर, बिछोड, अप्ठ्यारा संगै परिवारलाई दिनुपर्ने शान्त्वना र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ ।

नेपालका ग्रामिण भेगमा बिद्येमान गरिबी र राजधानी काठमाडौमा युवाले भोगेका सकसहरु चित्रण गरिएको यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

करण चैसिर र शैलेश पोखरेलको छायांकनमा निर्माण भएको भिडियोमा सारिका केसी, मुक्ती सुवेदी, दिनेश भट्टराई, मन्जु भट्टराई, भगवती न्यौपाने र आरुष भुसालको अभिनय रहेको छ ।

प्रतिक्रिया