अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४९ | Colorodo: 14:04

कुपोषण कम गर्न चामलमा पोषक तत्व मिसाउने योजनामा सरकार

बिआरटीनेपाल २०७४ पुष ३ गते १९:४१ मा प्रकाशित

सरकारले चामलमा थप सूक्ष्म पोषक तत्व मिलाएर कुपोषणको समस्या कम गर्ने तयारी गरेको छ । सरकारले यसका लागि कार्ययोजना बनाउन लागेको छ ।

दिनहुँ खाने भातका माध्यमले विभिन्न भिटामिन, आइरन, क्याल्सियम लगायत सूक्ष्म पोषक तत्वको कमीलाई पूरा गर्न कार्ययोजना बनाउन लागिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

आयोडिनको कमीले गलगाँड देखिने समस्या कम गर्न नुनमा अनिवार्य रूपले आयोडिन मिसाएर प्रचलनमा ल्याएजस्तै सरकारले चामलमा ‘फोर्टिफिकेसन’ अर्थात् सूक्ष्म पोषक तत्त्व मिलाएर उपयोगमा ल्याउने तयारी गरेको हो ।

चामलको फोर्टिफिकेसनबारे सोमबार राजधानीमा आयोजित कार्यक्रममा विज्ञहरूले नेपालमा गम्भीर जनस्वास्थ्य समस्याका रूपमा देखिएको पोषक एवं सूक्ष्म पोषक तत्त्वसम्बन्धी कुपोषण कम गर्न नयाँ कार्यक्रम ल्याउन लागिएको जानकारी दिए ।

दुई दिने कार्यक्रम राष्ट्र्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा बाल स्वास्थ्य महाशाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य संस्थानले गरेका हुन् ।,  आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू