अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

अमेरिकी पूर्वराष्ट्रपति ओबामाको बेलायतका राजकुमार ह्यारीले लिएको अन्तरवार्ताको टिजर चर्चामा

पुरा अन्तरवार्ता बीबीसी रेडियोबाट डिसेम्बर २७ मा प्रशारण गरिने

बिआरटीनेपाल २०७४ पुष ३ गते ६:४० मा प्रकाशित

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको  बेलायतका राजकुमार ह्यारीले लिएको अन्तरवार्ता बीबीसी रेडियोले प्रसारण गर्ने भएको छ । लामो समय देखि मित्रका रुपमा चिनिएका ओबासंग गत सेप्टेम्बरमा ह्यारीले टोरन्टोमा लिएको अन्तरवार्ता बीबीसी रेडियोबाट डिसेम्बर २७ मा प्रशारण गरिने भएको हो ।

सो अन्तरवार्ताको टिजर सार्वजनिक भएपछि पुरा अन्तरवार्ताप्रति यतिबेला सबैको चासो बढेको छ ।  अतिथि सम्पादकको हैशियतले ह्यारीले लिएको सो अन्तरवार्ताको टिजरमा ओबामा र ह्यारीले ख्यालठट्टा गरिरहेको तथा ह्यारीले सम्पादकीय प्रक्रियाबारे  बुझाइरहेको देखिन्छ ।

ओबामाले आफूले राष्ट्रपति कार्यालय त्याग गर्दाको घटना स्मरण गरेको टिजरमा अन्तरवार्ता गम्भिर भन्दा पनि रमाइलो शैलिले लिईएको देखिन्छ । जवाफ दिँदा बीचमा लामो समय अन्तराल नराख्न ओबामालाई सचेत गरिएको अन्तरवार्तामा ओबामाले फाउन्डेसनमार्फत गरिरहेको आफ्नो कामका बारेमा समेत बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू