अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

साधारण जीवनशैली अपनाउने नेता लालबाबु पण्डितको चुनावी खर्च पनि ‘आधा कम’

बिआरटीनेपाल २०७४ पुष ३ गते ५:५६ मा प्रकाशित

साधारण जीवनशैली अपनाउने नेताका रुपमा चिनिने नेकपा एमालेका सांसद लालबाबु पण्डितको चुनावी खर्च पनि दोब्बर कम रहेको पाईएको छ । एकजना उम्मेदवारले कानूनी रुपमा पाउने २५ लाख रुपैयाँमा रहेपनि लालबाबु पण्डितले १३ लाख १६ हजार १६८ रुपैयाँ मात्र खर्च गरेको सार्वजनिक भएको छ ।

मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेता लालबाबुले सोमबार जिल्ला निर्वाचन कार्यालय मोरङमामा आफ्नो चुनावी खर्च विवरण बुझाएका हुन् । जसमा सवारीसाधन र इन्धनमा झण्डै साढे ३ लाख, कार्यकर्ता परिचालन, प्रचार प्रसार र कार्यालय सञ्चालनमा ६ लाख ७५ हजार, नामावली खरिद गरी फोटोकपी गर्दा १५ सय रुपैयाँ, प्रतिनिधि परिचालनमा ६२ हजार र विविधतर्फ ८३ हजार खर्च भएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू