अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

अमेरिकी नागरिकसँग विवाह हुने वित्तिक्कै अमेरिका जान पाईदैन

विनोद रोका, एटर्नी एट ल, न्युर्योक २०७४ पुष २ गते २१:१३ मा प्रकाशित

अमेरिकाको नागरिक्ता प्राप्त गरेको व्यक्तिसँग कुनै विदेशी नागरिकले अमेरिका भन्दा बाहिर विवाह गरेको अवस्थामा तुरुन्तै अमेरिकामा जान पाइन्छ भन्ने होइन। यो श्रेणीको भिसा सधैभरी उपलब्ध अर्थात् करेण्ट हुने भएतापनि यसको प्रक्रिया पुरा गर्न समय लाग्ने हुन्छ। किनकि अमेरिका आऊनका लागि आफ्नो श्रीमान् वा श्रीमतीलाई अमेरिकी नागरिकले सामान्यतया अमेरिकी अद्यागमन विभाग समक्ष पारिवारिक निवेदन अर्थात् आई १३० फाराम पठाउनु पर्दछ दस्तुरसहित। निवेदन दिदाखेरी विवाह दर्ताको प्रमाणपत्र, फोटो, पासपोर्ट, जन्मदर्ताको प्रमाणपत्र अनि अद्यागमनले दिएको सुविधा अर्थात् अमेरिकाको ग्रिनकार्ड लीनका लागि मात्र नभै लोग्न्े र स्वास्नीकै सम्बन्ध कायम राख्ने नियतले आफूहरू विवाह बन्धनमा बाधिएको अर्थात् गुडफेथ म्यारेज गरिएको हो भन्ने कुराको पुष्टि गर्ने खालका प्रमाणहरु पनि पेस गर्नुपर्ने हुन्छ।

यसरी दिएको पारिवारिक निवेदनको निरुपण गर्न अद्यागमन विभागमा सामान्यतया ६ महिनासम्म लाग्न सक्दछ। अद्यागमन विभागले पारिवारिक निवेदन अर्थात् भिसाको निवेदन स्वीकृत गरेपछि त्यसको जानकारी निवेदकलाई दिई स्वीकृत भएको भिसाको निवेदन भने नेशनल भिसा सेन्टरमा पठाईदिन्छ आवश्यक कार्वाही लागि। त्यसपछि नेशनल भिसा सेन्टरले निवेदकलाई भिसाको दस्तुर बुमझाऊनका लागि विल अर्थात् ईनभ्वाईस पठाऊछ । निवेदकले ईनभ्वाईस पाएपछि तोकिएको फिस १ वर्ष भित्र पठाउनु पर्दछ। यदि तोकिएको समयभित्र विलमा उल्लिखित दस्तुर नपठाएमा त्यो भिसाको निवेदनको कार्वाहीलाई बन्द गरिदिन्छ निवेदकले कार्वाही अगाडी नबढाऊने भयो भन्ने अनुमान गरेर । यसरी स्वीकृत भएको भिसाको निवेदनको फायल बन्द गरिएको अवस्थामा भने पुन नयाँ भिसाको निवेदन दिनुपर्ने हुन्छ।

नेशनल भिसा सेन्टरमा तोकिएको समयमा नै दस्तुर बुझाएर श्रीमती वा श्रीमानलाई स्पोन्सर गर्ने अमेरिकी नागरिकले आफना तर्फबाट एफिडेभिट अफ सर्पोट पेस गर्नुपर्दछ। यसको लागि अमेरिकी सरकारले त्यो वर्षको लागि तोकेको पोर्भटी गाईडलाईनमा उल्लिखित आम्दानी भन्दा २५ प्रतिशत बढी आम्दानी भएको र स्पोनसर गरिने व्यक्तिलाई सर्पोट गर्न पुग्ने आम्दानी पनि पुग्छ भन्ने तथ्य आयकर तिरेको प्रमाणबाट पुष्टि गर्नुपर्दछ। २०१३ सालको पोर्भटी गाईडलाईन अनुसार संयुक्त राज्य अमेरिकाको अलास्का र हवाई राज्य बाहेक अन्य राज्यमा बसोबास गर्ने व्यक्तिको २ जना परिवारका सदस्यहरू भएमा १९३८७ डलरको वार्षिक आम्दानी हुनुपर्दछ। यदि आफ्नो आम्दानी पुग्दैन भने अरू को स्पोन्सरहरुबाट एफिडेभिट आफ सर्पोट लिनुपर्दछ।
http://aspe.hhs.gov/poverty/13poverty.cfm

त्यस्तै विदेशबाट अमेरिकामा ग्रिनकार्ड लिएर आऊनुपर्ने व्यक्तिको लागि निवेदनका साथमा भने कम्तीमा पनि १ वर्षसम्मको म्याद रहेको पासपोर्टको फोटोकपि र जन्मदर्ता, विवाहदर्ता, पुलिस रिपोर्ट, फोटा, र आवश्यक पर्ने भनी किटान गरिएका अन्य लिखतहरुको सक्कलै प्रति नेशनल भिसा सेन्टरमा पठाउनु पर्दछ। यसरी नेशनल भिसा सेन्टरले पाएको कागजातहरू जाचबुमm गर्दा चाहिएका सबै लिखतहरु पेस गरेको देखिएकमा सम्बन्धित व्यक्तिलाई ग्रिनकार्डको अन्र्तवार्ताको मिति र समय तोकिएको सूचना पठाऊछ। यसरी नेशनल भिसा सेन्टरले निवेदकलाई निज बसोबास गरको देशमा रहेको अमेरिकी कन्सुलर अफिसमा जानु भनी पठाएको अन्र्तवार्ताको सूचना पाएपछि सम्बन्धित व्यक्ति त्यो सूचना लिएर उपस्थित हुनु पर्दछ। अमेरिकामा केही तोकिएको देवानी विज्याई वा फौज्दारी अपराध गरेका, आपराधिक समूह वा आपराधिक गतिविधिमा संलग्न रहेका, बेस्यावृती जस्ता अनैतिक काममा लागेका र तोकिएका रोग लागेको व्यक्तिहरू सामान्यतया अमेरिकामा प्रवेश गर्न पाऊदैनन। र यस्तो अयोग्य देखाउने कुनै प्रश्न आयो भने कतिपय अवस्थामा वेभर पाऊनका लागि निवेदन दिनु पर्दछ। यदि वेभर पाईएन भने अमेरिकामा प्रवेश पाउन सकिँदैन।

कुनै अमेरिकी नागरिकले नेपालमा गई कसैसँग विवाह गर्नुपर्दा अधिकार प्राप्त निकाय समक्ष उपस्थित भई आफ्नो विवाह दर्ता गराई सोको प्रमाणपत्र लिनु पर्दछ रितिरिवाज अनुसार घरमा नै विवाह गरिएको रहेछ भनेपनि। नेपाल सरकारले यसरी विवाह दर्ता गराउनु पर्दा अमेरिकी नागरिकले नेपलास्थित अमेरिकी कन्सुलर अफिसबाट नो अब्जेक्सन सर्टिफिकेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ। यो व्यवस्था अमेरिकी कानुनमा भने रहेको छैन। विवाह गरेर अमेरिकी अद्यागमन विभाग समक्ष दिएको पारिवारिक निवेदन स्वीकृत भएर भिसाको अन्र्तवार्ताको समयसम्म पर्खिदा सामान्यतया ६ महिनादेखि १ वर्षसम्म लाग्न सक्दछ। यद्यपि नव विवाहित दम्पतिलाई लामो समयसम्म छुटिृएर बस्न नपरोस भनेर विदेशमा रहेका अमेरिकी नागरिकका श्रीमान् वा श्रीमतीले के ३ ननईमिग्रेण्ट भिषााको लागि पनि निवेदन गर्न सक्दछन। के ३ भिसामा अमेरिका आएको अवस्थामा भने ग्रिनकार्डको बाकी काम अमेरिकामा रहेको अद्यागमन विभाग मार्फत गराईनु पर्दछ र अन्र्तवार्ता लिनुपर्ने अवस्थामा देखिएमा दुवै जना बसोबास गरेको क्षेत्रमा रहको अद्यागमन कार्यालय समक्ष पठाईन्छ।

http://travel.state.gov/visa/immigrants/types/types_2993.html#1

विवाह गरेको २ वर्षभन्दा कम समयमा ग्रिनकार्ड प्राप्त भयो भने यो २ वर्षको लागि परिश्रणकालिन ग्रिनकार्ड हुन्छ जस्लाई २ वर्ष पुग्नु भन्दा ९० दिन अगाडी दुवै जनाले अद्यागमन कार्यालय समक्ष संयुक्त रूपबाट आई ७५१ नामक फाराम र त्यस्मा तोकिएका कागजातहरू पेस गरी आफूहरूले गुडफेथ मैरिज गरेको हुँदा आर्थिक, सामाजिक, धार्मिक, पारिवारिक आदि व्यवहारहरुमा लोग्नेस्वास्नीका बिचमा हुने व्यवहारहरू भैरको तथ्य पुष्टि गर्ने प्रमाणहरु रहेको र अझै पनि आफूहरू लोग्नेस्वास्नीकै हैसियतबाट सँगै बस्नेगरका छौ भन्ने प्रमाणित गर्नुपर्दछ। अमेरिकी नागरिकसंग विवाह भएर ग्रिनकार्ड पाउने श्रीमान् वा श्रीमतीले ३ वर्षमा अमेरिकाको नागरिक्ता लिन सक्दछन। 

(विनोद रोका, न्यु योर्क राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोस्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागिे निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।
तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए टेलिफोन मार्फत कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ । 

विनोद रोका,एर्टनी एट ल न्युर्योक

सम्बन्धित सामग्रीहरू