अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१७ | Colorodo: 12:32

प्रेम थोकरद्धारा तामाङ सोसाइटी न्यूयोर्कको अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा

मानछिरिङ्ग तमाङ, न्यु योर्क । २०७४ पुष २ गते २०:३४ मा प्रकाशित

तामाङ सोसाइटी अफ अमेरिका, न्यु योर्क च्याप्टर शाखाको अध्यक्ष पदका लागि प्रेम थोकरले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

शनिवार न्यूयोर्कको ज्याक्साइन हाइटस्थित थकाली किचेनमा भएको उम्मेद्धवारी घोषणा कार्यक्रममा बोल्दै वर्तमान टिएसएका कार्य समिति सदस्य समेत रहेका थोकरले अमेरिकामा रहेका सिङ्गो तामाङहरूलाई एकीकृत गर्दै समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिका लागि प्रभावकारी कार्य गर्ने बताए । तामाङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि तामाङ कल्चरल सेन्टर बनाउने अभियानलाई अझ शसक्तढंगले कार्य गरिने उनको भनाई छ । उनले भने, कल्चरल सेन्टर बनाउनका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक सरसल्लाह र सुझाव लिएर अमेरिकी गैर सरकारी संस्थाहरुसंग पनि सहयोग लिएर २०१८ भित्र आफनै कार्यालय भवन खरिद गर्ने हरसम्मभव कोसिस गर्नेछु ।

सेन्टरको अभियानलाई सार्थक तुल्याउनका लागि संयोजक इन्द्र तामाङसँग सहकार्य गरेर काम गरिने उनको भनाई छ ।

तामाङ युवापुस्ताहरुलाई लक्षित गर्दै महिनाको २ दिन तामाङ भाषा र धर्मको विषयमा कक्षा सञ्चालन गर्ने प्रतिबद्धता समेत जिकिर गरे । तामाङ समुदायको समसमायिक विषयलाई केन्द्रित गरी विज्ञहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गरिने पनि उनले बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै आदिवासी जनजाति महासङ्घ अमेरिका फिप्नाका अध्यक्ष लुईसाङ वाइवाले अमेरिकामा तामाङहरू सांगठनिक हिसाबले निकै बलियो बन्दै गएको बताउँदै सहकार्य र सहमतिको आधारमा सर्वसम्मतिले नेतृत्व चयन हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा उत्तर अमेरिका तामाङ सम्मेलनका कन्भेनर तथा तामाङ सोसाइटी अफ अमेरिका टिएसएका अध्यक्ष शान्त थोकरले आगामी जनवरी १३ र १४ मा हुने लागेको ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मलेन भव्यताकासाथ सम्पन्न गर्ने तयारी भइरहेको जानकारी गराउँदै विभिन्न राज्यमा शाखा गठनको अन्तिम चरणमा रहेको उल्लेख गरे ।

यस्तै, कार्यक्रममा सोसाइटीका संस्थापक अध्यक्ष सुवास लामा, पूर्व अध्यक्षद्धय इन्द्र तामाङ, भरत मोक्तान, महासचिव अमर तामाङ, पूर्व महासचिव तथा उत्तर अमेरिका तामाङ सम्मेलनकाका सदस्य सचिव लकेन लामा, र पूर्वमहासचिव बुद्धिमान तामाङले अध्यक्षका प्रत्यासी थोकरलाई शुभकामना दिदैं सोसाइटीको नयाँ नेतृत्व चयन गर्दा आपसी सहमति र सहकार्यको आधारमा हुनुपर्ने जोड दिए ।
कार्यक्रममा अध्यक्षका प्रत्यासी थोकरको धर्मपत्नी पुनम थिङले स्वागत मन्ंतव्य दिँदै टिएसएसँग आबद्ध भएदेखि संस्थाको हितका लागि सधैँ सहयोग र सकेको योगदान दिइरहेको बताउँदै प्रेम थोकरलाई सर्वसम्मतिबाट अध्यक्ष पदमा चयन गर्नका लागि अनुरोध गरिन । कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ अमेरिकाको महासचिव विआर लामा र सहकोषाध्यक्ष पवन योञ्जनले पनि अध्यक्ष प्रत्यासी थोकरलाई शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू