अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२४ | Colorodo: 17:39

सेल्फीको मोहले भिरबाट लडेर ज्यान गुम्यो

बिआरटीनेपाल २०७४ मंसिर २८ गते ३:४८ मा प्रकाशित

सेल्फीको मोहले ओखलढुंगामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । सिद्धिचरण नगरपालिका ४ स्थित रुम्जाटार भिरबाट बुधबार दिउसो सेल्फी खिच्ने क्रममा लडेर भारत बिहार अत्तरदह स्थाई घर भएका ४० बर्षिय राजु दाशको मृत्यु भएको हो ।

भारतबाट मजदुरीका लागी रुम्जाटार आएका दाशको भिरबाट झन्डै २ सय मिटर तल खसेको अवस्थामा शव फेला परेको ओखलढुंगा प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सिनाले बताए ।

सो स्थानमा निमार्णाधिन भेटनरी स्कुलको काम गर्दै आएका दाश खाजा खाने समयमा फोटो खिच्न भिडतिर लागेका थिए । सोहि क्रममा उनि भिडबाट खसेको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू