अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

फरार सुचीमा रहेका नव निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई प्रकाउ गर्न निर्देशन

बिआरटीनेपाल २०७४ मंसिर २८ गते ३:२२ मा प्रकाशित

झण्डै २१ हजारको फराकिलो मतान्तरले कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा बिजयी भएका रेशमलाल चौधरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहत निकायलाई निर्देशन दिएको छ ।०७२ भदौ ७ गते कैलालीको टीकापुरमा डेढ वर्षीय नाबालकसहित भएको आठ जना सुरक्षाकर्मीको सामूहिक हत्याका मुख्य योजनाकारको आरोपमा फरार अभियुक्त घोषित भएका रेशम चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपनि कानुनको नजरमा उनि अझै दोसी रहेको भन्दै पक्राउका लागि निर्देशन दिईएको हो ।

टिकापुर घटना लगत्तै भारतमा अर्ध भुमिगत जीवन बिताइरहेका चोधरीले वारेस मार्फत राजपाका तर्फबाट उमेद्वारी दर्ता गराएका थिए । अपत्यारिलो शैलीमै उनी भारी मतका साथ बिजयी भएपछि अव उनि नेपाल फर्कन सक्ने भन्दै कैलालीका विभिन्न ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराउँदै राजपाका उम्मेदवार चौधरी ३४ हजार ३४१ मत सहित बिजयी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू