अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२१ | Colorodo: 12:36

नेपाल आइडलका विजयी बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिका आउँदै

विजय थापा - अमेरिका, १३ डिसेम्बर २०७४ मंसिर २६ गते २२:२७ मा प्रकाशित

नयाँ वर्ष २०१८ को लागि नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिकाको प्रत्यक्ष साङ्गीतिक यात्रा कार्यक्रमको लागि अमेरिका आउने भएका छन् ।

नेपाल आइडल टप थ्री युएस टुर नामक उक्त कार्यक्रम अमेरिकाका विभिन्न सहरहरूमा हुने तय भएको छ l केटिएम इनटरटेन्टमेन्ट को आयोजनामा हुने उत्कृष्ट ३ अमेरिका यात्रा नामक कार्यक्रम अमेरिकाका विभिन्न राज्यहरुका विभिन्न सहरहरूमा नयाँ वर्ष २०१८ मा बेजोड प्रस्तुति हुने भएको छ l यस अघि उनीहरूले प्रथम नेपाल आइडलका ३ बिजयीहरुले नेपाली समुदायको जन घनत्व ज्यादा भएका देशहरूमा आफ्नो प्रस्तुति देखाई सकेका छन् l

नयाँ वर्ष २०१८ को जनवरी ११ देखि फेब्रुअरी १८ सम्म अमेरिकाका विभिन्न सहरहरूमा हुने मिति तथा स्थान समेत तय भएको छ l जस अनुसार जनवरी ११ तारिख न्युयोर्कको मेलरोज बलरुम, जनवरी २१ तारिख बोस्टनको वनडरल्याण्ड बलरुम, यसै गरी जनवरी २६ तारिख मेरिल्याण्डको टाउसनको टोरेन्ट लंज तथा जनवरी २७ तारिख भर्जिनियाको अर्न्स्ट कम्युनिटी कल्चर सेन्टरमा हुने भएको छ ।

यसै गरी फेब्रुअरी २ तारिख टेक्ससको ड्यालसको हाउस अफ ब्लुमा ,फेब्रुअरी ३ तारिखमा अस्टिनको सहारा लंजमा,यसै गरी फेब्रुअरी १० तारिख ह्युस्टनको हाउस अफ ब्लु तथा फेब्रुअरी ८ तारिख क्यालिफोर्नियाको ओकल्याण्डको ओकल्याण्ड स्कोटिस रुल तथा फेब्रुअरी ९ तारिखमा क्यालिफोर्नियाको सन्फ्रानसिस्कोको मेजानिनमा हुने भएको छ ।

यसै गरी फेब्रुअरी १० मा नै लस एन्जेलस को एलरे थेटरमा, फेब्रुअरी १६ मा वासिङ्टन को शोर्लिन कन्फेरेन्स सेन्टर ,फेब्रुअरी १७ मा मिजौरी को दि पिजेन्ट तथा फेब्रुअरी १८ मा मिनासोटाको अर्फीम थेटरमा हुने भएको छ l हाल सम्म तय भएको १३ वटा सहरका सबै स्थानमा कार्यक्रम साँझ ६ बजे राखिएको आयोजकले दिएका छन् l

कार्यक्रमका लागि नेपाल आइडलका विजयीहरूसँगै कार्यक्रम सञ्चालनका लागि सुशील नेपाल आउने छन् भने अमेरिकाका अन्य सहरहरूमा प्रदर्शनको लागि डिजे राकेश सँग सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् l सबै मिति र तिथि को प्रस्तावमा आएको आयोजकले जनाएका छन् l

तिनै कलाकारहरूले अद्वितीय नेपाली सङ्गीतको प्रस्तुति गर्ने छन् भने उनीहरूले विविध समाजका विभिन्न जातिहरूको प्रतिनिधित्व गर्ने छन् । नेपाल आइडल टप थ्री युएस टुर नामक साङ्गीतिक यात्रा कार्यक्रम ऐतिहासिक तथा अद्वितीय हुने छ भन्ने कुरामा आयोजक विश्वस्त रहेका छन् l

प्रतिक्रिया