अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५३ | Colorodo: 16:08

गायक अजर जंगमको ‘जुन ताराको बयान’ सार्वजनिक

बिआरटीनेपाल २०७४ मंसिर २६ गते २१:१८ मा प्रकाशित

जुन ताराको मात्रै बयान, टाढा भएर होला
सूर्य मात्रै संधै नजिक, गाढा भएर होला

गायक अजर जंगमको नयाँ गीत जुन ताराको बयान सार्वजनिक भएको छ । मानविय स्वभाव र जीवन दर्शनको भाव बोकेको जुनताराको बयान गीतकार नारायण गौतमको शब्द र हरी लम्सालको संगीतमा भर्खरै सार्वजनिक भएको हो ।

महाराज थापाको संगीत संयोजनमा तयार भएको यो गीतको भिडियोलाई अधिनायक मान सेरचनले सम्पादन गरेका हुन् ।

नयाँ पुराना संगीतकर्मीको रोझाईमा परेका गायक अजर जंगमको यस अघिका जिन्दगीले हिसाव माग्छ, आज फेरी एकान्तमा, कुनै दिन कुनै पल, मेरा रोदन, किन ढाँट्नु, मलाई छोएर जानेहरु लगायतका गीतहरु दर्शक स्रोताको अत्याधिक मन पराएका गीतहरु हुन् ।

आफ्नो नयाँ गीत जुन ताराको मात्रै बयान बारे गायक अजर जंगमले आफ्ना स्रोताहरुलाई संवोेधन गर्दै भनेका छन् :- रचनाकार नारायण गौतम र संगीतकार हरि लम्सालका साथ म अजर जंगम यहाँहरु माझ नयाँ प्रस्तुतिको रुपमा गीत ‘जुन-ताराको’ को साथमा आएका छौं। मलाई आशा छ, यहाँहरुले मेरा बिगतका गीतहरुलाई जतिकै यस गीतलाई पनि उत्तिकै माया गर्नुहुनेछ।  यहाँहरुको अपार माया, साथ र हौसलाले संधै प्रेरणा प्रदान गरेको छ मलाई । सबै स्रोता, दर्शक प्रति आभारी छु ।

 

प्रतिक्रिया