अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

लस एन्जलसमा ‘साहित्य श्रृंखला गोष्टी’ सम्पन्न

बिआरटीनेपाल २०७४ मंसिर २६ गते २०:०६ मा प्रकाशित

 लस एन्जलस,१२ डिसेम्बर

अमेरिकाको लसएन्जलस सहरमा मासिक साहित्य श्रृंखला गोष्टी सम्पन्न भएको छ । संस्थाका महासचिब प्रकाश चन्द्र घिमेरेले संचालन गरेको सो कार्यक्रमको सभापतित्व अनेसास लस एन्जलस च्याप्टरका अध्यक्ष डन कार्कीले गरेका थिए ।

अनेसास केन्द्रका कोशाध्यक्ष शान्तिराम ढकालको प्रमुख अतिथ्यता रहेको उक्त गोष्टीको बिशेष अतिथिमा नेजाका प्रथम उपाध्यक्ष तथा साहित्यकार भर्जिनिया निवासि गुणराज लुइटेल रहेका थिए ।

शान्तिराम ढकालको स्वागत मन्तब्यबाट सुरु गरिएको कार्यक्रममा गुणराज लुइटेलले समसामयिक नेपाली साहित्य माथि प्रकाश पार्ने छोटो मन्तब्य राख्दै आफ्नो मिठो रचना बाचन गरेका थिए ।

उक्त कार्यक्रममा लसएन्जलस बासी श्रष्टाहरुले आ-आफ्नो रचना बाचन गरेका थिए ।  रचना बाचन गर्नेहरुमा राम लामा अविनाशी, शान्तिराम ढकाल, तिलक कार्की,प्रकाश चन्द्र घिमिरे आदी थिए । उक्त कार्यक्रममा एनआरएन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डे लगायत सो क्षेत्रका साहित्यप्रेमीहरुको उपस्थिती रहेको थियो ।

‘आफ्नो ब्यस्थताका बाबजुत यस कार्यक्रममा सहभागि भई दिनुभएका एनआरएन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष लगायत समस्त साहित्यिक मनहरुलाई धन्यवाद ब्यक्त गर्दछुू’ भन्दै कार्यक्रम आयोजक संस्था अनेसास लस एन्जलस च्यापटरका अध्यक्ष डन कार्कीले कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू