अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०२ | Colorodo: 09:17

मिसेस क्यापिटल क्वीन नेपाल- २०१७ को उपाधि कृपा चुकेलाई 

बिआरटीनेपाल २०७४ मंसिर २६ गते ६:०९ मा प्रकाशित

सन् २०१७ को ‘मिसेस क्यापिटल क्वीन नेपाल’ को उपाधि मिसेस कृपा चुकेको पोल्टामा गएको छ। मङ्सिर २६ गते जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको तेस्रो संस्करणको ‘मिसेस क्यापिटल क्वीन नेपाल’ मा उनले काठमाडौँ भित्र तथा बाहिरबाट भाग लिन आएका अन्य १५ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधि हात पारिन्। उनले उपाधि सहित् विभिन्न गिफ्ट ह्याम्पर पनि हातपारिन। त्यस्तै ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’को फस्ट रनरअपमा सुमित्रा लामा, सेकेन्ड रनरअपमा विष्णु खड्का घोषित भईन।

अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको यस् प्रतियोगिताको अफिसियल मिडिया आर्टिस्ट नेपालले प्रतिस्प्रधीको अनलाइन भोटिङ पनि राखेको थियो, अनलाइन भोटिङ मार्फत पब्लिक चइस अवार्ड बिकला घिमिरेले हात पार्न सफल भईन। त्यस्तै अन्य टाईटल बिजेताहरुमा मिसेस ट्यालेन्टमा करुणा श्रेष्ठ, मिसेस स्मार्टमा विष्णु खड्का, बेस्ट स्किन बिनु माझी, मिसेस पर्सानालिटीमा बिकला घिमिरे, मिसेस ईन्टिलिजेन्टमा गङ्गा अधिकारी, मिसेस चार्मिङमा सुमित्रा लामा, बेस्ट क्याटवाकमा छानु गुरुङ, मिसेस कन्फिडेन्समा लक्ष्मी पुरी प्रधान, मिसेस डिसिप्लिनमा हिरा कुमारी भाट, बेस्ट फोटोजेनिकमा संगिता लामा डंगोल, मिसेस एक्टिभमा उर्मिला घिमिरे, बेस्ट हेयरमा शर्मिला भट्टराई, मिसेस अट्ट्र्याटिभमा रेखा भट्टराई, बेस्ट ड्रेसमा कृपा चुके, मिसेस पब्लिक चईसमा बिकला घिमिरे र मस्ट पपुलर अवार्ड उर्मिला घिमिरेले हात पारेका थिए।

कार्यक्रमको प्रमुख अतिथिमा संचारकर्मी कला सुब्बा हुनुहुन्थ्यो। त्यस्तै अन्य निर्णायकहरुमा गायक निर्णय श्रेष्ठ, मिसेस ग्लोबल विजेता दोर्जे डोल्मा गुरुङ, नायक गजित विष्ट, मिसेस नेपाल आईडल विजेता रक्की श्रेष्ठ हुनुहुन्थ्यो। प्रतियोगितालाई विभिन्न ढङ्गबाट सहयोग गर्नेहरुलाई कोरियोग्राफर हिमानी सुब्बाले मायाको चिनो प्रदान गर्नुभएको थियो। प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गर्नुभएको थियो। प्रतिस्प्रधीहरुलाई शुभ श्रिङ्गगार ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, ईन्टरनेसनल ब्युटी क्लब एन्ड एकेडेमी र मन्जूर ब्युइ पार्लर तथा ट्रेनिङ सेन्टरको मेकअपमा तथा अनुग्रह फेशन बुटिकको ड्रेसमा आर्टिस्ट नेपाल स्टुडियोसले अफिसियल फोटोग्राफी गरेको थियो भने लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो।

प्रतिक्रिया