अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

नायक निखिल उप्रेती अभिनित ‘पिजडा ब्याक एगेन’को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७४ मंसिर २६ गते ५:५५ मा प्रकाशित

नायक निखिल उप्रेतीले चलचित्र ‘पिजडा’बाट आफ्नो करिअरको आरम्भ गरेका नायक निखिल नेपाली दर्शक माझ लोकप्रिय छन् । ‘एक्सन किङ’को रुपमा छवि बनाएका निखिलको ‘पिजडा ब्याक एगेन’बाट दर्शकमाझ आउने तयारीमा छ । यो चलचित्र माघ ४ गतेबाट रिलिज हुने ‘पिजडा ब्याक एगेन’को २ वटा गीत रिलिज पश्चात ट्रेलर सार्वजनिक गरिएको छ ।

हिमाल केसीको डेब्यू निर्देशनमा तयार भएको चलचित्रलाई मौनता श्रेष्ठले लेखेका हुन् । चलचित्रको ट्रेलरमा पनि एक्सनलाई नै प्राथमिकता दिइएको छ ।

चलचित्रमा निखिलको साथमा सारा, पुकार भट्टराई, सुस्मिता केसी, ज्याक श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्रको ट्रेलर हेर्दा यसमा भरपुर एक्सन समावेश छ भन्ने वुझिन्छ । साथमा, पारिवारिक कथालाई पनि चलचित्रले उठान गरेको छ ।

 

प्रतिक्रिया