अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८ | Colorodo: 11:13

‘दोश्रो राष्ट्रिय खेलकुद तथा बृहत ब्यापार महोत्सब’ पौष ७ गते देखि हेटौडामा

बिआरटीनेपाल २०७४ मंसिर २६ गते ३:२५ मा प्रकाशित

हेटौडा, २६ मंसिर

पौष ७ गते देखि पौष १८ गते सम्म हेटौडाको भुटनदेबि पार्क टि सी एन चौरमा दोश्रो राष्ट्रिय खेलकुद तथा बृहत ब्यापार महोत्सब हुदैछ । सुमन भोम्जन खेलकुद स्मृति प्रतिस्ठान तथा औधोगिक शान्ति नेपाल सस्थाको संयुक्त आयोजनामा हुन लागेको राष्ट्रिय खेलकुद तथा बृहत ब्यापार महोत्सबमा विभिन्न खेलखुद समेत हुने भएको छ । खेलकुदमा विभिन्न फरक फरक खेलकुद समाबेश हुने कुरा खेलकुद ब्यबस्थापन उपसमिति संयोजक सबिन भट्टाचार्यले जानकारी गराएका छन् ।

लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको औधोगिक शान्ति नेपाल सस्था र विभिन्न सामाजिक कार्य गर्दै आएको र अन्तराष्ट्रिय गोल्ड कप २०७२र७३ समेत आयोजना गरेको सुमन भोम्जन स्मृति खेलकुद प्रतिस्ठानले दोश्रो राष्ट्रिय खेलकुद तथा बृहत ब्यापार महोत्सब २०७४ आयोजना गर्न लागेको हो । हेटौडा आफैमा एक औधोगिक क्षेत्र, धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले हेटौडाको आन्तरिक तथा बाह्य पर्यटनमा बृदी गरि आर्थिक रुपले मजबुत बनाउने र हेटौडालाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले दिए ।

उक्त मेलामा ३ सय ५० भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ५० र ३५ रहेको जानकारी पनि ब्यबस्थापन कमिटीका बिशाल घोषले गराएका छन् ।

राष्ट्रिय खेलकुद तथा बृहत ब्यापार महोत्सब २०७४ मा करिब ५ देखि ७ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेला मा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्सन गर्ने र उपस्थित भिड लाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चांद तारा टोरा टोरा तथा जादु नगिन र अन्य खेल सामग्री रहेको जानकारी सुमन भोम्जन स्मृति खेलकुद प्रतिस्ठानका अधक्ष्य तथा महोत्सब मुल समारोहका संयोजक भेष खड्गीले गराए साथै मेला अबलोकन गर्नको लागि दुइ वटा प्रवेश द्वार रहेको १ नम्बर प्रवेश द्वार बस पार्क टि सी एन रोड हुदै हेटौडा आखा अस्पतालको पछाडी रहेको र अर्को २ नम्बर प्रवेश द्वार भुटन्देबि मन्दिर जाने बाटो बिधुत प्राधिकरण संगै रहेको जानकारी सुमन भोम्जन स्मृति खेलकुद प्रतिस्ठानका महासचिब सबिन न्यौपानेले गराए । उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न हेटौडा तथा सम्पूर्ण नेपाली समुदायलाइ उहाले आव्हान गरेका छन् । औधोगिक शान्ति नेपाल सस्थाका उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा सचिबालय ब्यबस्थापक बिनोद जैसवालको संयुक्त टिमले सम्पूर्ण व्यस्थापन सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू