अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

आजबाट ६४ बर्ष लागे प्रचण्ड – जन्मदिन र बिजय र्‍याली एकै दिन

बिआरटीनेपाल २०७४ मंसिर २५ गते २३:३७ मा प्रकाशित

चितवनको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका विजयी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विजयी र्याली र जन्मदिन एकैदिन परेको छ । पिता मुक्तराम दाहाल र माता भवानीदेवी दाहालको जेठो सन्तानका रुपमा कास्की जिल्लाको ढिकुरपोखरी गा. वि. स. वडा नं २ लिवाडेमा वि. सं २०११ साल मंसिर २६ गतेका दिन जन्मिएका प्रचण्डको  ६४ औं जन्मदिन र उनको विजय र्‍याली यो पटक एकै दिन परेको हो ।

प्रचण्डको बिजयर्‍याली आज बिहान १० बजेबाट शिवनगर क्षेत्रीय चुनाव परिचालन कार्यालयबाट निस्किएर महेन्द्रचौक,  फुलवारी, मंगलपुर,विजयनगर,रामपुर,चनौलि बजार,ज्योतिनगर,पर्साढाप,गोलाघाट,लेवरनगर,शुक्रनगर पार्वतिपुर,लाउरेचौक सम्मको रहको छ भने भोली माडी बगइबाट ११बजे शुरु भै बरुवा, जगतपुर, पटिहानी)गीतानगर, चोकबजार, गौरीगन्ज, साझा बस पार्कमा समाप्त हुने कार्यक्रम रहेको छ ।

विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्सवादी अध्ययन समूह गठन गरेका थिए । उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भए । उनी विसं २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचीत भएका थिए।

विसं २०४१ मा नेकपा ९मशाल०को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा–एकता केन्द्रको महामन्त्री भए । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा – एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा ९माओवादी० राखेपछि महामन्त्री भएका प्रचण्ड २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए ।

विक्रम सम्वत् २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर भएका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौँमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू