अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

दीपकले झुमाए न्यू योर्कका नेपाली

बिआरटि नेपाल सम्बाददाता, न्यू योर्क । २०७४ मंसिर २४ गते २०:५७ मा प्रकाशित

किरात याक्थुङ चुम्लुङ अमेरिकाले दीपक लिम्बूको एकल गायन कार्यक्रम सञ्चालन गरेको छ । गायक लिम्बूले आफ्ना करिब एक दर्जन चर्चित गीत गाएर न्यू योर्कको चिसोमा नेपालीहरू तताएका छन् ।

लिम्बूले ‘यहाँ देशको छ चिन्ता’, ‘मैले माया गर्न जानिन होला’, ‘मैले त्यही भएर मन पराका’, ‘मुटु माग्यौ तिमीले’, ‘ढल्क्यो ढल्क्यो जोबन मेरो’ जस्ता चर्चित गीत गाएका थिए । उनको गीतमा झुम्न हिउँले ढाकिएको सडक छिचोलेर करिब ३ सय नेपाली उडसाइडस्थित कार्यक्रमस्थल पुगेका थिए । गायक लिम्बू पहिलो नेपाली तारा पनि हुन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाले कार्यक्रमबाट उठेको पैसा इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली उच्च माविमा पुस्तकालय बनाउन खर्च गर्ने जनाएको छ । ‘पुस्तकालयका अतिरिक्त विद्यालयलाई भौतिक सामाग्री पनि उपलब्ध गराउँछौं,’ चुम्लुङ अध्यक्ष दिपेश लिम्बूले भने ।

कार्यक्रमको शीर्षक ‘शिक्षाका लागि सङ्गीत’ भन्ने राखिएको थियो । पुस्तकालय स्थापना भएपछि चुलाचुलीका गरिब विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने आयोजकको विश्वास छ । कार्यक्रमबाट कम्तीमा १५ लाख रुपैयाँ उठ्ने आयोजकको अनुमान छ ।

उनका अनुसार नेपाली गीत सङ्गीत क्षेत्र र कलाकारलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा चर्चित नेपाली गीतहरुमा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया