अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

स्व. कविताराम श्रेष्ठको सम्झनामा अमेरिकामा श्रद्धाञ्जली सभा

खेम भट्टचन, वासिङ्टन डि सि २०७४ मंसिर २४ गते १७:३४ मा प्रकाशित

नेपाली साहित्यका वरिष्ठ साधक स्व. कविताराम श्रेष्ठको निधनमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले एक श्रद्धाञ्जली सभाको आयोजना गर्‍यो । सर्वप्रथम दिवँगत श्रेष्ठको तस्बिरमा पुष्पार्पण गरेपछि एक मिनेट मौन धारण गरिएको थियो ।

सो श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मेरिल्याण्ड तथा पेन्सिलभेनियाका लागि अवैतनिक महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेमराजा महतले स्व. कवितारामले अमेरिका भ्रमणको क्रममा पछिल्लो पटक भएको भेटघाटको स्मरण गर्नुभयो ।

वरिष्ठ साहित्यकार हरि अधिकारीले अस्वीकृत जमातको स्थापना कालमा सँगै साहित्यमा गरेका कामहरूको सम्झना गर्नु भयो ।

वल्र्ड नेवा अर्गनाइजेसन्सका अध्यक्ष सिजन श्रेष्ठले गत वर्ष वाल्टिमोरमा सम्पन्न वल्र्ड नेवा अर्गनाइजेसनको सम्मेलनमा स्व. कवितारामले प्रस्तुत गर्नुभएको प्रिजेन्टेसनको सम्झना गर्दै उहाँलाई उहाँको योगदानको कदरस्वरुप सल्लाहकारको रूपमा राखिएको बताउनु भयो ।

सो अवसरमा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, एएनएसका अध्यक्ष प्रभा देउजा, एनओएका अध्यक्ष वविता श्रेष्ठ , एनपिपिएका वरिष्ठ उपाध्यक्ष मनोहर श्रेष्ठ, कवयित्री विमला निरौला लगायतले श्रद्धासुमन व्यक्त गर्नु भएको थियो ।

अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार गोविन्द गिरी प्रेरणाले अध्यक्षताको आसनवाट बोल्दै कविताराम श्रेष्ठसँगका सम्झनाहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालक दोवा ढकालले कार्यक्रम सञ्चालनका साथै साहित्यकार कविताराम श्रेष्ठको योगदान प्रस्तुत गर्नु भइको थियो ।

कार्यक्रममा सापहत्यकार, साहित्य प्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत स्व. श्रेष्ठका भाइ वेनु श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

वि.सं.२००४ सालमा ओखलढुँगामा जन्मेका रामवहादुर श्रेष्ठ नेपाली साहित्यमा कवितारामको नामले ख्याति आर्जन गरेका थिए र गत नोभेम्बर ज्ञढ, २०१७ मा लण्डनस्थित अस्पतालमा क्यान्सरको रोगले दिवङ्गत भएका थिए । विविध विधामा उनका ३० भन्दा बढी कृतिहरू प्रकाशित छन् र केही कृतिहरू अङ्ग्रेजीमा समेत अनुवाद भई प्रकाशित छन्

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू