अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 07:46

लोकतान्त्रिक गठबन्धनको तर्फ बाट प्रतिनिधि सभा उम्मेदवार मोहन आचार्य

बिआरटीनेपाल २०७४ मंसिर २२ गते १८:४५ मा प्रकाशित

प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा नेपाली काग्रेसका तर्फबाट उम्मेदवार बन्नु भएका मोहन आचार्यको जन्म २०३३ साल चैत्र २९ गते उत्तरगया गाउँ पालिका पाँच लहरेपौवामा भएको थियो । बुबा अनन्त प्रसाद आचार्य तथा मुमा इश्वरी देवी आचार्यको कान्छो छोरा हुनुहुन्छ ।

प्रारम्भिक शिक्षा काठमाण्डौको सिदार्थ वनस्थली स्कूलबाटसुरुवात गर्नु भएका आचार्यले भारतको देहरादुनबाट माध्यमिक शिक्षा हासिल गर्नु भएको हो ।

फिलिपिन्सबाट ब्याचुरल अफ सिभिल इन्जिनियरिङ शिक्षा हासिल गर्नु भएका मोहन आचार्य नेपालमा लामो समय देखि निमार्ण व्यवसायमा संलग्न हुनु भएका आचार्यको लगानी अहिले औषधि उधोग र जलविधुत क्षेत्रमा समेत छ । उहाँले २०४६ सालबाट नेपाली काँग्रेसको साधारण सदस्य बनी राजनीतिक जीवन सुरुवात गर्नु भएको हो । उहाँ हाल नेपाली काँग्रेसको महाधिवेशन समितिको निर्वाचित सदस्य हुनुहुन्छ ।

लोकतान्त्रिक गठबन्धन बाट रसुवामा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारीको टिकट पाउनु भएका आचार्य समाजिक कार्यमा भने निकै अघि देखि लाग्नु भएको थियो ।

जिल्लामा संन्चालित जलबिद्युत आयोजनमा सुधार गर्दै नेपाल र चीनको एक मात्र व्यापारिक नाका रसुवागढीलाई व्यवस्थित बनाउँदै अधुरा सडक,खानेपानी,बिध्यालय निर्माणलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभएको छ ।. रसुवाली मतदाताको आवश्यक्ताको आधारमा पर्यटन क्षेत्रको विकास, जडीबुटी प्रसोधन साथै जिल्लामा स्वास्थ्य सेवाको विस्तार, कृषिमा आधुनिकरण र औद्योगिक क्षेत्रको विकास गरी रोजगारीको सृजना गर्ने आचार्यकोे प्रर्तिबद्धता छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू