अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

मोरङमा बिहान १०ः३० बजेदेखि मतगणना शुरु 

बिआरटीनेपाल २०७४ मंसिर २२ गते ०:४९ मा प्रकाशित

मोरङमा मतगणना आज बिहान १०ः३० बजेदेखि शुरु भएको छ ।  छवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा मतगणना शुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । विराटनगरस्थित आदर्श उच्च माविमा मतगणना कार्य भइरहेको छ ।

यसअघि बसेको सर्वदलीय बैठकले छिटोछरितो मतगणना गर्न प्रत्येक निर्वाचन क्षेत्रको तीन ठाउँमा मतगणना सहमति जनाएको उक्त कार्यालयले जनाएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू