अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४ | Colorodo: 13:49

गोरखा १ मा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धन अगाडि

बिआरटीनेपाल २०७४ मंसिर २२ गते ०:०८ मा प्रकाशित

गोरखा १ मा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मत परिणाम अगाडि देखिएका छन् ।

बिहीबारबाट मतगणना गरिएको गोरखामा अहिले बिहानसम्मको मतगणनामा गोरखा १ प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता हरिराज अधिकारी ४,९३४ मतका साथ अघि र काँग्रेसका उम्मेदवार चीनकाजी श्रेष्ठ ४,४७२ मतका साथ पछ्याइरहनुभएको छ । अहिलेसम्म १० हजार ८७४ मत गणना भएको छ ।

यस्तै गोरखा १ प्रदेशसभा क मा पनि माओवादी केन्द्रका नेता लेखबहादुर थापा ३,८२९ मत ल्याउनुभयो भने काँग्रेसका नेता धीरन थापा २,५०७ मत ल्याउनुभएको छ । अहिलेसम्म छ हजार ६८३ मत गणना गरिएको छ ।

प्रदेशसभा क्षेत्र ‘ख’ मा नेकपा (एमाले)का नेता रामशरण बस्नेत ३७९२ मतका साथ अघि हुनुहुन्छ भने काँग्रेस नेता राजेन्द्र बजगाइँ २४२६ मत ल्याउनुभयो । अहिलेसम्म ६५५० मत गणना भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई ७५२० मतका साथ अघि हुनुहुन्छ भने उहाँलाई माओवादी नेता नारायणकाजी श्रेष्ठ ६३०४ मतका साथ पछ्याइरहनु भएको छ । अहिलेसम्म १४ हजार ७७१ मत गणना गरिएको छ ।

गोरखा २ ‘क’ प्रदेशमा माओवादीकी कमला नहर्की ४३७५ मत ल्याउनुभयो भने नयाँ शक्तिका नेता हरिशरण आचार्य ४७४० मत ल्याएर अघि हुनुहुन्छ । अहिलेसम्म यहाँ नौ हजार ६७१ मतगणना भएको छ ।

यस्तै गोरखा २ ख प्रदेशसभामा काँग्रेसका प्रकाशचन्द्र दवाडी ४,२७६ मत ल्याउनुभयो भने माओवादीका अमर तमु ३,४३३ मत ल्याउनुभएको छ । यहाँ ८,२४७ मत गणना भएको छ । मतगणना कार्य सुस्तगतिमा अघि बढेको छ । मतगणना गरिएको क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू