अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

बमका कारण बिहान खाली भएको ललितपुरको प्याङगाउँ मतदान केन्द्रमा मध्यान्ह पछि चाप

बिआरटीनेपाल २०७४ मंसिर २१ गते १:४९ मा प्रकाशित

मतदान हुँदा हुँदै मतदान केन्द्रमा बम फेला परेपछि त्रसित ललितपुर क्षेत्र नम्बर १ को प्याङगाउँ मतदान केन्द्रमा मध्यान्ह पछि मतदाताको चाप पढेको छ । बिहान ९ बजे प्याङगाउँ मतदान केन्द्रमा २ वटा बम फेला परेपछि सो क्षेत्रका फोट हाल्न बाँकी मतदाता डरले मतदान गर्न नगएका हुन् ।

२ वटा बम मध्य एउटा सुतली बम रहेपनि अर्को नक्कली बम रहेको र ९ बजेर २० मिनेटमा नै सुतली बम निष्कृय गरेको नेपाली सेनाको टोलीले जानकारी गराएपनि मतदाता त्रसित हुँदा कम भएको मतदाताको चाप  मध्यान्ह पछि बढेको छ ।

१९ सय ४ जना मतदाता रहेको प्याङगाउँ मतदान केन्द्रमा यति बेला भने मतदाताको उपस्थिती बाक्लो छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू