अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

एमाले कार्यकर्ताद्धारा भक्तपुरको बालकोट मतदानकेन्द्र नजिक तोड्फोड

बिआरटीनेपाल २०७४ मंसिर २१ गते १:२२ मा प्रकाशित
भक्तपुर जिल्लाको बालकोट स्थित गणेश आधारभूत प्राथमिक विद्यालय मतदान केन्द्र नजिक एमालेका कार्यकर्ताहरुले सर्वसाधरणको घरमा ढुंगामुढा गरी घरको झ्याल तोड्फोड गरेका छन् । नेपाली कांग्रेसबाट नगरप्रमुखको उम्मेदवार बन्नुभएका विष्णु खत्रीले दिनुभएको जानकारी अनुसार नेपाली कांग्रेसका मतदातालाई आतंकित गरेर मतदानकेन्द्र जानबाट रोक्ने र आफ्ना समर्थक मतदाताहरुको मत खसाल्ने नियतले एमालेका कार्यकर्ताहरुले नियोजित रुपमा सो घट्ना गरेका हुन् ।
घट्नामा संलग्न व्यक्तिहरु भक्तपुर क्षेत्र नं २ का  एमाले उम्मेद्वार महेश बस्नेत निकट भएको बताइन्छ ।
घट्नामा संलग्न मध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ । तर उनीहरुको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू