अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

९९ बर्षिय राष्ट्रकवि माधवप्रसाद घिमिरेले लैनचौरबाट मतदान गरे

बिआरटीनेपाल २०७४ मंसिर २१ गते १:१४ मा प्रकाशित

राष्ट्रकवि माधवप्रसाद घिमिरेले काठमाडौ, लैनचौरको कन्या मावि मतदान केन्द्र ‘क’ मा पुगेर मतदान गरेका छन् । ९९ बर्षका राष्ट्रकवि घिमिरेले नयाँ संविधान कार्यान्वनका लागि यो चुनावमा महत्वपूर्ण रहेको भन्दै १२ बजेर १० मिनेटमा मतदान गरेका हुन् ।

श्रीमती र छोरासहित मतदान केन्द्रमा पुगेका घिमिरेले यो पटक आफुले लाईनमा बस्नु नपरी सजीलै संग मतदान गर्न पाएको बताउँदै आफुले २०१५ सालबाट मतदान गर्दै आएको अनुभव सुनाएका थिए ।

अन्य बिकशित देशहरुको तुलना गर्दै उनले नेपालको बिकाशमा लाग्न पनि नेताहरुलाई अनुरोध गरे । कुनै पार्टीको नाम नलिई घिमिरेले आफुले प्रजातन्त्रलाई भोट हालेको बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू