अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१६ | Colorodo: 09:31

आफूमाथिको दूर्व्यवहार एमालेको पराजित मानसिकताको उपज : महत

बिआरटीनेपाल २०७४ मंसिर २० गते १०:४१ मा प्रकाशित

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलका कार्यकर्ताहरूले नेपाली काँग्रेसबाट काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार डा प्रकाशशरण महत माथि दूर्व्यवहार गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अघिल्लो दिन उनीहरूले काठमाडौँको बसुन्धरामा महतमाथि दूर्व्यवहार गरेका हुन् ।

बसुन्धरास्थित विजी मार्टको माथिल्लो तल्लामा रहेको स्थानीय काँग्रेस कार्यकर्ता श्री सापकोटाको कार्यालयमा काँग्रेसका केही कार्यकर्ताहरुसँग चिया खार्इरहेका डा महत सहित करिब आधा दर्जन नेता कार्यकर्तामाथि एमाले कार्यकर्ताले दूर्व्यवहार गरेका हुन् ।

टोखा नगरपालिका वडा न‌ं ७ का वडाध्यक्ष नरोत्तम राना मगरको नेतृत्वमा आएका करिब ७०-७५ जनाको टोलीले महत सहितका नेता तथा कार्यकर्तामाथि एक्कासि दूर्व्यवहार गरेका हुन् ।

साँझ ६ बजेको आसपासमा महत बसेको कार्यालयको ढोका फोर्दै उनीहरू तोडफोडमा समेत उत्रिएका थिए। स्थानीय जनप्रतिनिधि समेत रहेका रानाको नेतृत्वमा आएका उनीहरूले गुण्डागर्दी शैलीमा महत र उनीसँगै रहेका पूर्व सांसद् बहादुर लामामाथि समेत हातपातको प्रयास गरेका थिए ।

महत लगायतका नेता कार्यकर्तामाथि दूर्व्यहार भएको थाहा पाएपछि काँग्रेसका कार्यकर्ताहरू पनि बसुन्धरा पुगेका थिए ।

उनीहरूले पछि प्रहरीलार्इ समेत खबर गरेपछि एमाले कार्यकर्ताहरू तितरवितर भएका थिए ।

मौhhन अवधिको सम्मान गर्दै प्रचारप्रसारमा ननिस्किएपनि चुनावी रणनीति र बुथमा खटिने कार्यकर्ताहरूको बन्दोबस्तीको विषयमा छलफल गर्नको लागि केही सीमित कार्यकर्ताहरुसँग गरिएको छलफलको बेलामा एमालेका कार्यकर्ताहरूले गरेको दादागिरी र हुलहुज्जतको काँग्रेस उम्मेदवार महतले भर्त्सना गरेका छन् । उनले आफू माथिको यो आक्रमण एमालेहरुको पराजित मानसिकताको उपज भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू