अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

अमेरिकी सेनाको सहकार्यमा अल कायदाका वरिष्ठ कमाण्डर अफगानिस्तानमा मारिए

बिआरटीनेपाल २०७४ मंसिर १९ गते ५:३६ मा प्रकाशित

 

 पूर्वी अफगानिस्तानमा भएको कारबाहीको क्रममा अल कायदाका एक वरिष्ठ कमाण्डर मारिएका छन् ।  यस कारबाहीको क्रममा अन्य ८० जना सरकार विरोधी आतङ्ककारी पनि मारिएका छन् । अफगानिस्तानको गुप्तचर निकायले मङ्गलबार सो जानकारी दिएको छ ।

राष्ट्रिय सुरक्षा निर्देशनालय (एडिएस) ले जारी गरेको एक विज्ञप्तिका अनुसार यस कारबाही अफगान सैनिक, एडिएसका सदस्यहरु र अमेरिकी सेनाको संयुक्तरुपमा भएको जनाएइको छ ।

ओमार खेताब नामक अल कायदाका वरिष्ठ नेता अफगान सेनाले मङ्गलबार बिहान गरिएको सो कारबाहीमा मारिएका बताइएको छ ।

अफगानिस्तानको अल कायदा सञ्जालका यिनी दोस्रो श्रेणीका नेता हुन् । यस कारबाहीमा मारिएका आतङ्ककारी प्रायः अल कायदाका थिए भने दर्जनौँको सङ्ख्यामा तालिवानहरु रहेका जनाइएको छ ।

पूर्वी अफगानिस्तानको गजनीमा सो कारबाही भएको थियो । उक्त क्षेत्रमा ती लडाकूहरु रहेको सूचनाको आधारमा सैनिकले सो कारबाही गरेका थिए ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू