अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

प्रकृतिको पूजा गरी मनाइयो उँधौली पर्व

बिआरटीनेपाल २०७४ मंसिर १७ गते १२:२७ मा प्रकाशित

कृतिपूजक किराँत जातिले भूमिबाट उब्जनी भएको अन्नबाली भूमिलाई नै अर्पण र पूजा गरी मनाइने उँधौली पर्व आज मनाइएको छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व किराँत, राई, याक्खा र सुनुवार जातिले राष्ट्रिय चाडका रूपमा मनाउने किराँत याक्थुङ चुम्लुङले जनाएको छ ।

“प्रकृतिको वरदानस्वरुप भूमिबाट उब्जनी भएको अन्न बाली पहिले प्रकृतिलाई नै अर्पण गरेर मानिसले खाने परम्परास्वरुप यो पर्व मनाउने गरिएको हो, यस पर्वलाई उँधौली र बाली लगाउनुअघि वैशाख महिनाको पूर्णिमामा प्रकृतिको पूजा गरी मनाइने पर्वलाई उँभौली भनिन्छ”, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिंह थाङ्देनले भन्नुभयो ।

यस पर्वलाई विसं २०५० देखि बृहत्रुपमा मनाउन थालिएको उहाँले बताउनुभयो । विसं २०६४ पछि सरकारले मार्गशीर्ष शुक्ल पूर्णिमाको दिनलाई उँधौली पर्वका रूपमा सार्वजनिक बिदा दिन थालेपछि पहिचानसहित रौनकता बढेको किराँत धर्मावलम्बीले जनाएका छन् । यो पर्व विशेष गरी किराँत जातिको बाहुल्यता रहेको नेपालका पूर्वी जिल्ला र उपत्यकामा बसोबास गर्नेले मनाउने गर्छन् । (रासस)

फायल फोटो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू