अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 09:22

डा. सुब्बालाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार

बिआरटीनेपाल २०७४ मंसिर १६ गते १०:५४ मा प्रकाशित

यस वर्षको ‘दि डिन अफ इन्टरनेशनल पिस प्राइज’ प्रा डा शिशिर सुब्बालाई प्रदान गरिएको छ ।

‘संवेगात्मक साक्षरता, सांस्कृतिक विविधता, सद्भाव र आदत व्यवस्थापन’ (ग्लोबल पिस थ्रो इमोसनल लिटेरेसी इन इजुकेसन र मनोविज्ञान व्यवस्थापन) सम्बन्धी सातौँ अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा आज सो पुरस्कार प्रदान गरिएको हो । रु २५ हजार राशिको सो पुरस्कार गोर्खा फाइनान्सले प्रायोजन गरेको हो ।

गत वर्ष यो पुरस्कार प्रा मुरारीप्रसाद रेग्मीलाई प्रदान गरिएको थियो । ग्लोबल पिस फाउण्डेसन, क्रोधरहित संसार (डब्लुडब्लुए) संस्था र प्राइम कलेजले सम्मेलनको आयोजना गरेको हो ।

वल्र्ड संवेगात्मक साक्षरता लिग (डब्लुइएलएल) का अध्यक्ष डा डिन भान लेउभानले सो पुरस्कार प्रदान गर्दै वर्तमान समयमा संवेगात्मक साक्षरताको आवश्यकतामा जोड दिँदै नेपालमा यससम्बन्धी नौ हजार विद्यार्थी उत्पादन भइसकेको जानकारी दिनुभयो ।

फाउण्डेसनका अध्यक्ष ई रामरोहन पन्तले संवेगात्मक साक्षरताका विषयमा अन्य मुलुकमा भन्दा नेपालमा बढी उत्पादन भएको दाबी गर्नुभयो ।

डब्लुडब्लुएका अध्यक्ष देशमर्दन बस्नेतका अनुसार सम्मेलनमा नेपालसहित युथोपिया, चीन, बेलायत, बङ्गलादेश, भारत र मलेसियाका प्रतिनिधि सहभागी थिए । सम्मेलनमा विभिन्न २९ कार्यक्रम प्रस्तुत र त्यसमाथि छलफल भएको थियो ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू