अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४७ | Colorodo: 06:02

निशा अधिकारीको ’झ्यानाकुटी’ हेरेपछि श्रीमान शरद भेषवाकर सहित क्रिकेटरहरुले गरे प्रशंसा

बिआरटीनेपाल २०७४ मंसिर १५ गते १:५४ मा प्रकाशित

निर्माणमा तयार भएको फिल्म ’झ्यानाकुटी’ लाई क्रिकेटरले रुचाएका छन् । क्रिकेट खेलाडीहरुले फिल्म हेरिसकेपछी फेसबुक मार्फत आफुलाई लागेको प्रतिक्रिया लेखेका हुन् ।

क्रिकेट खेलाडी सन्दीप लामिछाने , सागर पुन , सुरज शाक्यसंगै निशाको पति शरद भेषवाकरले फिल्म हेरेपछि राम्रो चलचित्र निर्माण गरेकोमा निशालाई बधाई र शुभकामना दिएका छन् ।

निशाले फिल्मलाई सिमोश सुनुवारसंग मिलेर निर्माण गरेकी हुन् भने फिल्मलाई सिमोशले नै निर्देशन गरेका छन् । सौगात मल्ल , बेनिशा हमाल , सुमी मोक्तान , बालकलाकार एस्टल गुरुङ , पुष्कर गुरुङ लगायतको अभिनय रहेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा गाउले एक दम्पतिमा उत्पन्न हुने विवाद र त्यसपछीको अवस्थालाई देखाइएको छ । फिल्म मङ्सिर १ बात प्रदर्शनमा आएको हो भने शुक्रबार देखि तेस्रो सातामा प्रवेश गरेको छ ।

शरद भेषवाकर – फिल्म रमाइलो लाग्यो । एउटा सानो कुराले कसरि श्रीमान श्रीमतीको झगडा पर्न सक्छ अनि त्यसपछी बीचका केहि व्यक्ति कसरि त्यसलाई फैल्याउन लाग्छन भन्ने तथ्यलाई देखाइएको छ । क्रिकेटमै बिजी हुनाले कमै फिल्म हेर्न पाइन्छ र यो फिल्म निशाले नै निर्माण गरेकोले पनि हेर्न आतुर थिए । समय मिल्यो हेरे , मलाइ रमाइलो लाग्यो ।

सन्दीप लामिछाने – खेलमै व्यस्त हुने भएकोले पनि कमै फिल्म हेर्ने गर्छु । फिल्मको कथावस्तु र कलाकारको अभिनय मन पर्यो । गाउको कथामा निर्मित फिल्म हेर्न पाइयो , रमाइलो लाग्यो । कतै हासियो , कतै मन भारी पनि भयो । फिल्ममा आफ्नोपन खोज्ने हाम्रो लागि  फिल्म राम्रो बनेको छ ।


निशा अधिकारी – फिल्म हेर्नेले मन पराइ दिनु भएको छ त्यसको लागि म सम्पूर्ण प्रति आभारी छु । हाम्रो पहिलो प्रयास हो , जसलाई दर्शकले ग्रीन सिग्नल दिनु भएको छ । तेस्रो सातामा फिल्म प्रवेश गरेकोछ । हाम्रो फिल्म नेपालमा त प्रदर्शन भएको छ नै साथै अब ओभरसिज प्रदर्शन पनि स्टार्ट गर्दैछौ । केहि देशको राइट्स बिक्रि गर्न बाकि छ , अधिकाँस देशको भईसकेको छ । साथै दर्शकको प्रतिक्रियाले उत्साहित छौ , साथले खुसि छौ । त्यसैले नयाँ प्रोजेक्ट पनि गर्ने सोच बनाउदैछौ ।

प्रतिक्रिया