अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८ | Colorodo: 08:03

पुरानो चलचित्र ‘कान्छी’का नायक नायिका शिव र शर्मिलालाई नयाँ ‘कान्छी’का श्वेता र आकाशको सम्मान

बिआरटीनेपाल २०७४ मंसिर १५ गते ८:५० मा प्रकाशित

३३ वर्ष पहिले निमार्ण भएको नेपाली चलचित्र कान्छिीका नायक शिव श्रेष्ठ र नायिका शर्मिला मल्ल एकसाथ सम्मानित भएका छन् । नायिका श्वेता खड्काको निमार्ण रहेको पछिल्लो चलचित्र कान्छीका निर्देशक आकाश अधिकारी र नायिका श्वेताले बिहीबार आयोजित पत्रकार सम्मेलनमा नायक नायिका द्वय शिव र शर्मिलालाई सम्मान गरेका हुन् ।

नाम एउटै भए पनि फरक फरक सिक्वेलमा बनेका यी दुई चलत्रिका कलाकारहरू बिहीबार नयाँ कान्छी चलचित्रले आफ्नो पहिलो गीत सार्वजनिकका लागि राखेको पत्रकार सम्मेलनमा उपस्थित थिए । सोही कार्यक्रमा नायक नायिका द्वय शिव र शर्मिलालाई श्वेता खड्का र निर्देशक अधिकारीले माला लगाइए सम्मान व्यक्त गरेका थिए ।

सङ्गीतकार राजनराज सिवाकोटीको शब्दरसंगीतमा गायिका अन्जु पन्त र राजन राज शिवाकोटीकै स्वर रहेको चलचित्र कान्छीको ‘’चरी चट्ट परि’’ बोलको गीत सार्वजनिक गरिएको कार्यक्रममा नयाँ र पुरानो कान्छी चलचित्रका कलाकारहरूले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नयाँ कान्छीका कलाकार निर शाहले उतिबेलाको ‘कान्छी’ फिल्ममा अनुबन्ध हुँदा खुसीले कोट र पाइन्ट लगाएर सट दिन जाँदा रातको एक बजेसम्म पनि पालो नआएपछि घर आएर ह्वीस्की पिएको तर बिहान देखि कुर्दापनि रातको अबेर सम्म उनको रोल नआएपछि उनी पछि उक्त फिल्म नखेल्ने निश्चयमा पुगेको रमाइलो अनुभव साटेका थिए भने निर्देशक आकाश अधिकारीले आज भन्दा ३३ वर्ष पहिला सर्वाधिक सफल हिजोको चलचित्र कान्छीका नायक, नायिकास् शिव श्रेष्ठ तथा शर्मिला मल्ललाई आजको यस ‘कान्छी’ टिमले सम्मान गर्न पाउँदा अति खुसी लागेको बताए ।

माघ २६ गते प्रदर्शन मिति तोकेको निर्देशक आकाश अधिकारी निर्देशित कान्छी चलचित्रमा श्वेता र दयाहाङ राई सँगै निर शाह, अनु शाह, भूमिका श्रेष्ठ, प्रज्वल सुजल गिरी, आशान्त शर्मा, कामेस्वोर चौरासिया, विनोद न्यौपाने लगायतका कलाकार भूमिकामा रहेका छन् ।

कान्छीको सार्वजनिक पहिलो गीतमा वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठको करियोग्राफी रहेको छ । काया फिल्मस् र बुम रेमिटको प्रस्तुति रहेको यस चलचिलाई पुरुषोत्तम प्रधानको खिचेका हुन भने चलचित्रमा यम थापाको कथा, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको सङ्गीत र वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया