अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

धरानको’ मेगा लाइभ कन्सर्ट’ गायक एड्रिन प्रधान बिषेश 

बिआरटीनेपाल २०७४ मंसिर १४ गते ५:१५ मा प्रकाशित

आगामी पौष ४ गते मंगलबार धरानको पब्लिक स्कुलको मैदानमा भब्य कन्सर्ट आयोजना हुने भएको छ । १९७४ एडी ब्याण्डका पुर्व सदस्य तथा चर्चित गायक एड्रिन प्रधान आफ्नो नया फ्रेंन्ड्स ब्याण्डका साथ पांच बर्षको अन्तरालमा धरानको भब्य कन्सर्टमा ओर्लदैछन ।
यो मन त मेरो नेपाली हो ।

नभन मेरो , सम्बोधन , मुटु भारी , शिशिर झैँ ,धेरै धेरै आउछ मनमा ,हिड्दा हिड्दै , पिजडाको सुगा ,जिन्दगि त खेलौना हो संगै उनको नया गीतहरु अभिवादन , उकाली ओराली हरुमा , खैरो कपाल लगायत २ दर्जन जति गीतहरु उनले धरानको मेगा लाइभ कन्सर्टमा प्रस्तुत गर्दैछन ।

धरानमा कन्सर्ट गर्दा आफुलाई बेग्लै आनन्द आउने बताउने गायक एड्रिन प्रधान , नेपाली बब मार्लीको रुपमा परिचित गंगा बरदान संगै धरानका थुप्रै नया पुराना गायकहरुलाई कार्यकर्ममा समेटिएको छ। चिरपरिचित पुरानो गायकहरु नवराम राई र रमेश राई संगै धरानको पहिलो चर्चित ब्याण्ड जेलर्स ब्याण्डका गायक मनोज मोते र अर्को चर्चित ब्याण्ड द अर्थ ब्याण्डका चर्चित गायक शिव लामिछानेले आफ्नो प्रस्तुति देखाउनेछन । अहिले निक्कै सक्रिय तथा रुचाइएका डील्ली फोम्बो र प्रशान्त शर्मा संगै बबिन लिम्बु , तुहिन लिम्बु र साक्थिम योंग्या लगायतका नया प्रतिभाहरुले समेत आफ्नो प्रस्तुति कन्सर्टमा देखाउनेछन् ।

त्यस्तै कार्यकर्म संचालन मिस पुर्वान्चल २०१६ फर्स्ट रनरअप इक्सा मादेन र मिस पुर्वान्चल २०१७ रुबी लिम्बुले गर्दैछन् ।

टुबोर्ग बियरको प्रस्तुति मा आयोजना हुने मेगा लाइभ कन्सर्ट २०१७ नेपाल क्लब ,हंगकंग को आयोजना र सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुदैछ ।

 

प्रतिक्रिया