अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 23:51

३०० कोरस प्रयोग गर्दै खिचियो बिराङ्गनाको गीत

बिआरटीनेपाल २०७४ मंसिर १२ गते ७:३० मा प्रकाशित

काठमाडौँ । फिल्म बृन्दावनका निर्देशक राज बहादुर सानेद्धारा निर्देशित फिल्म बिराङ्गनामा नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेलको रोमान्स रहेको छ । अनुप र शिल्पाले पहिलो पटक स्क्रिन सेयर गरेका हुन् । यी दुई कलाकार फिचरिङ फिल्म बिराङ्गनाको हालै एक गीत छायाङ्कन गरिएको छ ।

उक्त गीतमा नृत्य निर्देशक कविराज गहतराजले दुई सय भन्दा बढी सशस्त्र प्रहरी र १०० भन्दा बढी डान्सर सहित ३०० बढी कोरसको प्रयोग गर्दै तिमी पुलिस म नि पुलिस सेमसेम छ ड्युटि बोलको गीत छायाङ्कन गरिएको छ । गीतको छायाङ्कन सँगै फिल्मको पूर्ण छायाङ्कन पनि सकिएको छ । उक्त गीतमा नायक अनुप र नायिका शिल्पा दुवै प्रहरी भएको र प्रहरीकै पोशाकमा नाचेको देख्न सकिन्छ । गीतको छायाङ्कन सशस्त्र प्रहरी बल प्रधान कार्यालय, स्वयम्भुमा गरिएको हो । उक्त गीतमा दीपक शर्माको सङ्गीत रहेको छ । गीतको छायाङ्कन पछि सबै छायाङ्कन समाप्त भएको र फिल्मको सम्पादन कार्य पनि धमाधम भइरहेको निर्देशक राज शहादुर सानेले बताएका छन् ।

फिल्ममा अनुप र शिल्पाको अलवा धिरेन शाक्य, पृथ्वीराज प्रसाई, प्रज्वल गिरि, प्रिया रिजाल, कृष्ण सिवाकोटी, देव तामङ, अमृत सापकोटा, अंशु थापालगायतको प्रमुख भूमिका रहेको छ । बाबुराम दास श्रेष्ठ, श्याम बहादुर थापा र रघु परियार फिल्मका निर्माता हुन् । सह निर्मातामा देव तामाङ र सुमि चाम्लिङ राई रहेका छन् । फिल्ममा श्री श्रेष्ठको द्धुन्द र सञ्जय लामाको छायाङ्कन रहेको छ । फिल्ममा पुरुषोत्तम न्यौपाने को पनि सङ्गीत रहेको छ । हाल फिल्मलाई पुराना सम्पादक तारा थापा (किम्भे) ले सम्पादन गरिरहेका छन् । फिल्मको रिलिज डेट फाईनल नभएपनि आउँदो फाल्गुनमा प्रदर्शन गरिने तयारी भएको वितरक सुनिल मानन्धरले बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू