अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४६ | Colorodo: 23:01

निर्वाचन सन्दर्भमा आयोगले २७ जिल्लामा मानव अधिकार अवस्थाको अनुगमन गर्दै (विज्ञप्ती)

बिआरटीनेपाल २०७४ मंसिर ९ गते ८:५७ मा प्रकाशित

 

राष्ट्रिय मानव अधिकार आयोगले मङ्सिर १० अर्थात भोली हुने प्रनिनिधि सभा र प्रदेश सभा सदस्यको प्रथम चरणको निर्वाचनमा राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको अवस्थाबारे अनुगमन गर्ने भएको छ । शनिबार आयोगले प्रेश विज्ञप्ती जारी गर्दै  मानव अधिकारको सम्मान र संरक्षण गर्न सबै पक्षलाई आग्रह सहित २७ वटा जिल्लाहरुमा निर्वाचनको समग्र प्रक्रियाको अनुगमन गर्ने जानकारी दिएको हो ।

जारी विज्ञप्तीमा भनिएको छ प्रथम चरणमा निर्वाचन सम्पन्न हुने मुलुकका विभिन्न ३२ वटा जिल्लाहरु मध्ये उच्च हिमाली भेगका केही जिल्लाबाहेकका २७ वटा जिल्लाहरुमा निर्वाचनको समग्र प्रक्रियाको अनुगमन गर्नका लागि आयोगका अधिकृतसहितको टोलीहरु खटिइसकेका छन् । टोलीहरुले राजनीतिक दलहरूले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाएनपाएको, राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भएनभएको, मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था, राजनीतिक दलद्वारा निर्वाचनको क्रममा हुन सक्ने मानव अधिकार हनन्, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक लगायत सबै नागरिकले भयरहीत वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता, मतदाता र उम्मेदवारहरुको सुरक्षा र निर्वाचन आचार संहितामा उल्लिखित मानव अधिकारसम्बन्धी विषयको पालना लगायतको अनुगमन गर्नेछन् । साथै विभिन्न जिल्लामा सञ्चारकर्मीहरु पक्राउ परेको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको छ । यस विषयमा आयोगले आवश्यक अनुगमन गरिरहेको छ ।

शान्ति सुरक्षालाई मजबुत बनाई स्वतन्त्र र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न र मतदाताको अधिकारको संरक्षण गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै, संयमित र शान्तिपूर्ण ढङ्गबाट निर्वाचन प्रक्रिया अगाडि बढाउन राजनीतिक दलहरुलाईसमेत आग्रह गर्दै आयोग सम्पूर्ण मतदाताहरुलाई निर्भयतापूर्वक आफ्नो मताधिकारको प्रयोग गर्न विशेष आग्रह गर्दछ ।    

प्रतिक्रिया