अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९ | Colorodo: 05:54

विराज पौडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गर्दै'”द ह्वाइट जोन” को चौथो सम्मेलन भब्यरुपमा सम्पन्न

बिआरटीनेपाल २०७४ मंसिर ९ गते ६:१२ मा प्रकाशित

नेपाली युवाहरूको अन्तर्राष्ट्रिय सञ्जाल’ तथा सामाजिक संस्था ‘द ह्वाइट जोन ‘को चौथो सम्मेलनले विराज पौडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गर्दै भब्यरुपमा सम्पन्न भएको छ। नयाँ कार्य समितिमा सूर्य शर्मा उप सभापति, अमृत कुवर महा- सचिव, झरना श्रीश कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ। नयाँ कार्य समितिका डिरेक्टरहरुमा ग्याल्पो योञ्जन, सुयेश अशिकारी र सचिता उप्रेती निर्वाचित हुनु भएको छ। तेसै गरी द ह्वाइट जोनको विधान अनुसार सम्पूर्ण च्याप्टर सभापतिहरु पनि नयाँ कार्य समितिमा पदेन सदस्य हुनेछन ।

को हुन त विराज पौडेल?
घोराही उपमहानगरपालिका दाङ रझेना-१८ मा जन्मिएका विराज पौडेल वाल्यकालदेखिनै समाजसेवामा इच्छा राख्दथे! प्रेरणाको श्रोत आफ्ना बाबा-आमालाई दिन्छन । उनको एस. एल. सी. सम्मको जीवन दाङमै बित्यो। आइ. एस. सी. र आइ. टी. इञ्जिनेरिङ्ग उनले काठमाण्डौबाट गरे र केही वर्ष आइ. टी. सेक्टर नेपालमै काम गरेपछि अमेरिकाको कैलिफोर्नियाबाट उनले आई. टि. विषयमै स्नाकोत्तर सम्मको पढाइ सम्पन्न गरे । 

उनी भन्छन् “घरबाट टाढा हुँदा नेपालको लागि केही गर्न असाध्यै इच्छा थियो । यहाको विकास देख्दा र यहाँका मानिसहरूको सहयोग गर्नुपर्छ भन्ने भावना नियाल्दा पाँच/छ जना साथीहरू मिलेर दि व्हाइट जोनलाइ कसरि अगाडी बढाउन सकिञ्छ भनेर लागेका हौँ! हाम्रो भिजन क्लिएर थियो विभिन्न देशमा छरिएर रहेका नेपाली युवाहरूलाई एकजुट बनाउने र विषेसगरी नेपालमा वा अन्य मुलुकमा भैपरी आइपरेका समस्या र विपतको घडीमा मलम लगाउन सहयोग गर्ने ।

हाम्रो जोड पारदर्सिता थियो! बिहान-दिउसो कलेज/काम गर्नुपर्थ्यो तर हामी धेरै रात अबेर सम्म बसेर प्लान्निंग गर्थ्यौ । एक पटक एक जना नेपाली मुलुककै बहिनीलाई बाटो काट्न लाग्दा गाडीले ठक्कर दियो, उनीसँग त्यतिराम्रो इन्सुरेन्स पनि थिएन, हामीले संस्था मार्फत १-२ दिनमै केही डोनेसन रकम सङ्कलन गरी उनको उपचारकोलागि हस्तान्तरण गरेका थियौ । त्यसरी नै हाम्रो यात्रा सुरु भयो र अहिले यहाँसम्म आइपुग्दा अति नै पारदर्शी र बिस्वासिलो ढङ्गबाट काम गरिराखेका छौँ ।

अहिले त नशा-नशामा दि व्हाइट जोन छ, नौ वर्ष पुरानो, आकार सानो तर उत्कृष्ट टिम छ। हामी जहिले पनि आफ्नै व्यक्तिगत खर्चमा ट्राभल गर्छौ, अर्गनाइजेसनको होइन र अन्य अनावश्यक खर्चहरु गर्दै गर्दैनौ र जतिपनि रकम डोनर्सहरूवाट जम्मा हुन्छ लाइभ रिपोर्टिंग गर्छौँ, जात र धर्मको वादबिवाद संस्थाभन्दा टाढा राख्छौ र अन्तरआत्मा देखि “मानवता” नै पहिलो धर्म/कर्तव्य हो भन्ने सोंच राख्छौ। त्यसैले पनि हामी अन्य अर्गनाइजेसनहरु भन्दा अलि फरक नै छौ।”

पेसाले पौडेल सिस्टम्स इन्जिनेर साथै आइ. टी. इन्टरप्रीनेर हुन्! हाल अमेरिकाको टेक्सस राज्यमा बसोबास गर्दछन् । २०१० देखि “दि व्हाइट जोन” केन्द्र को आई. टि. डिरेक्टर र उप-सभापति भएर काम गरिसकेका उनी अहिले संस्थाको गरिमामय केन्द्रीय सभापति पदमा विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू