अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

संगितकारका रुपमा गायक अनिल सिंहको पुनरागमन- ‘सेल्फि क्विन’ भिडियो सहित सार्वजनिक

बिआरटीनेपाल २०७४ मंसिर ९ गते ५:१२ मा प्रकाशित

 

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका गायक तथा कम्पोजर अनिल सिंह फेरी सक्रिय भएका छन् । आफ्नै एल्बम समेत ल्याउने तयारीमा रहेका अनिलको सोलो कम्पोजमा फलो मि एल्बम तयार भईसकेको छ । यसमा सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईको एकल शब्द रहेको छ भने रविना थापाको एकल स्वर । यसगीतमा रविनालाई अनिलले साथ् दिएका छन् । गीतलाई युट्युबमा रुचाइएको छ । गीतले युट्युबमा ११ लाख भन्दा बढी भ्युज प्राप्त गरिसकेको छ ।

’कम्पोजरको हिसाबले निकै खुशी छु , दर्शक तथा श्रोताले मेरो कम्पोजलाई रुचाउनु भएको छ’ अनिल भन्छन ’अब संगीतमै फोक्स भएको छु , मेरो सोलो एल्बल पनि चाडै आउदैछ ।’ यता पहिलो गीतले पाएको प्रतिक्रियाले उत्साहित छिन , गायिका रविना थापा । ’गीतबाट प्राप्त प्रतिक्रियाले उत्साहित छु’ रविना भन्छिन ’अब संगीतलाई निरन्तरता दिन थप हौसला मिलेको छ ।’

गीतमा रविनासंगै सन्दीप क्षेत्री , सुशील नेपाल र राजेश थापा देखिएका छन् । गीतमा सेल्फीले बढाउने लोकप्रियतालाई देखाइएको छ । ’गीतमा मैले सेल्फीको आकर्षणलाई चित्रण गर्न खोहेको छु’ गीतकार नरेश भन्छन ’गीतमा मेलोडी अनुसारकै शब्द मार्फत प्रेमभावलाई ब्यक्त गर्ने प्रयास गरिएको छ ।’ गीतमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने यसलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् । गीतमा भारत रेग्मीको सम्पादन रहेको छ भने यसलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् । गीतलाई राजेश थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया