अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माणका लागी धुर्मुस-सुन्तलीलाई साउदीबाट ५१ लाख सहयोग

बिआरटीनेपाल २०७४ मंसिर ९ गते ४:१९ मा प्रकाशित

तराईको रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं. ८ मा निर्माणाधीन ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माणका लागी सहयोग संकलन गर्न साउदी अरव पुगेका सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली) ले ५१ लाख सहयोग संकलन गरेका छन् । धुर्मुसले फेसबुक स्ट्याटस राख्दै उक्त सहयोग संकलन भएको जानकारी दिएका हुन् ।

धुर्मुसको स्ट्यासमा लेखिए अनुसार नोभेम्बर १७ मा रियादमा भएको ‘धुर्मुस सुन्तली साँझ’ बाट झण्डैं ७२ हजार ३ सय ४७ रियाल संकलन भएको थियो भने साउदी अरब स्थित रियाद, हापुफ, दबाम, जुवेल लगायतका स्थानहरुबाट १ लाख १४ हजार ८१ रियाल संकलन भएको हो । धुर्मुस सुन्तलीले साउदी अरवबाट जम्मा १ लाख ८६ हजार ४ सय २८ रियाल अर्थात नेपाली ५१ लाख ६ हजार २ सय ६२ रुपैंया सहयोग संकलन गरेका छन् । ‘साउदीबाट नसोचेको सहयोग प्राप्त भयो’ धुर्मुसले हर्षित मुद्रामा भने ‘यो सहयोगले हामीलाई खुसी मात्र दिएको छैन् भावुक पनि बनाएको छ ।’

उनले स्ट्याटस मार्फत सम्पुर्ण सहयोगीलाई धन्यवाद दिँदैं साउदी बासीहरुबाट अझै सहयोगको अपेक्षा लिएको जानकारी दिएका छन् । धुर्मुस सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्ती करिव ६ करोडको लगानीमा निर्माण हुँदै छ । बस्ती निर्माणका लागि सहयोग संकलन जारी रहेपनि अझै फाउण्डेशनलाई २ करोड ९४ लाख सहयोगको अभाव रहेको छ । धुर्मुसका अनुसार यो बस्ती निर्माणका लागि ठिलो गरि सहयोग संकलन भएपनि समयमानै बस्ती निर्माण सम्पन्न गरि पिडितहरुलाई हस्तान्तरण गरिनेछ । धुर्मुस सुन्तली करिव एक साता लामो साउदी बसाई पछि शुक्रबारनै नेपाल फर्किदैं छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू