अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

मस्जीदमा भएको आक्रमणमा २३५ जनाको मृत्यु, १२० जना घाइते

बिआरटीनेपाल २०७४ मंसिर ८ गते १२:०८ मा प्रकाशित

इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको एउटा मस्जीदमा शुक्रवार भएको आक्रमणमा पछिल्लो रिपोर्ट अनुसार कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने १२० जना घाइतेसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् । आक्रमणमा पर्नेहरुमा पुरुष, महिला तथा बालबालिका पनि थिए।

शंकास्पद लडाकूहरुले आरिस सहरमा रहेको मस्जीदलाई लक्षित गरी बम र गोली प्रहार गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले उल्लेख गरेको छ । घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरुमाथि पनि विद्रोहीहरुले गोली चलाएका थिए ।

घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । मस्जीदमा प्रार्थना गर्न मुस्लिम धर्माबलम्बीहरु भेला भएका वेला आक्रमण भएकाले धेरै जना घाइते भएको बताइएको छ । घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको सुरक्षा निकायहरुलाई उद्धृत गर्दै सरकारी अधिकारीहरूले जनाएका छन् । कायरोस्थित सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । (Image source: Getty Images)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू