अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२१ | Colorodo: 12:36

उत्तरी ताइवानको एक ‘अपार्टमेन्ट’ मा आगलागी हुँदा ९ जनाको मृत्यु

बिआरटीनेपाल २०७४ मंसिर ७ गते ४:५६ मा प्रकाशित

 

 उत्तरी ताइवानको ताइपेई शहरमा रहेको एक अपार्टमेन्टमा बुधबार भएको आगलागीमा परी कम्तीमा पनि नौजनाको ज्यान गएको समाचार छ ।

यस आगलागीमा परी नौजना व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुईजना सामान्यरुपमा घाइते भएका स्थानीय प्रहरी स्रोतले जानकारी दिएको छ ।

नौतले उक्त आवासीय भवनको चौथो तलामा आगो लागेको बताइएको छ । यसको कारणबारेमा प्रहरीले खोजी शुरु गरेको बताइएको छ ।

ताइपेई शहरको जोङ्गहे जिल्लामा रहेको सो भवनमा स्थानीय समयानुसार बुधबार राति ८ बजेबाट आगलागी शुरु भएको थियो ।

यस अपार्टमेन्टमा प्रायः विदेशी कामदारहरुको बसोबास रहँदै आएको जनाइएको छ । सो अपार्टमेन्टमा बस्दै आएका एक ४९ वर्षीय विदेशीलाई आगलागी गराएको आशंकामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू