अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

केकी र नाजिरको ‘राज्जा रानी’ अब मैथिली भाषामा पनि

बिआरटीनेपाल २०७४ मंसिर ६ गते ७:११ मा प्रकाशित

चलचित्र ‘राज्जारानी’ मैथिली भाषामा पनि देशभर रिलिज हुने भएको छ । निर्माता रमेश एमके पौडेलका अनुसार आगामी पुस २१ गते नेपाली सहित मैथिलीमा पनि प्रदर्शन हुन लागेको हो ।

मैथिली रिलिजका लागि निर्माण कम्पनी आर्यन फिल्मस र वितरक कम्पनी भोरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भोरले मैथिली सहित भारतको प्रदर्शन अधिकार समेत लिने गरि २० लाख रुपैयाँमा सम्झौता गरेको छ ।

निर्माता पौडेलले स्थानीय बासिन्दासामु नेपाली सिनेमाको पहुँच वृद्धि गर्नका लागि यस्तो कदम लिइएको बताए । “यसले देशभित्रै बजार सिर्जना गर्ने विश्वास लिएका छौं,” उनले भने ।

केकी अधिकारी र नाजिर हुसेन अभिनित प्रेम कथानक सिनेमालाई यम थापाले निर्देशन गरेका हुन् । चलचित्रको कथावस्तुलाई मधेसी दर्शकले रुचाउने विश्वास निर्माताले लिएका छन् ।

प्रतिक्रिया