अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 12:17

हाइटीको टिपिएस अवधि समाप्त हुँदै ! नेपालको कहिले ?

बिआरटीनेपाल २०७४ मंसिर ५ गते १३:०० मा प्रकाशित

ट्रम्प प्रशासनले जुलाई २०१९ देखि हाइटीको टेम्पोरेरी प्रोकेक्टेड स्टाटस (टिपिएस) समाप्त गर्ने घोषणा गरेको छ । यसले १० औँ हजार हइटीलाई या अमेरिका छोड्नुपर्ने या लुकेर बस्नुपर्ने अवस्थामा पु¥याउँदैछ ।

टिपिएस निश्चित देशका आप्रवासीलाई दिइएको कानूनसम्मत पहिचान हो । यस्तो पहिचान प्राकृतिक प्रकोप, महामारी वा युद्धग्रस्त देशका आप्रवासीले पाउँछन् । यस्तो पहिचान पाएपछि ती देशका नागरिक अमेरिकामा कानूनसम्मत रूपमा बस्न र काम गर्न पाउँछन् । उनीहरू पक्राउ गरी आफ्नो देश फिर्ता पठाइनबाट जोगिन्छन् ।

हाइटीका लागि गत मे मा ६ महिना टिपिएस अवधि थपिएको थियो । त्यति बेला सन् २०१० को भूकम्पका कारण अमेरिकामा टिपिएस पाएका ५८ हजार ७ सय हाइटीलाई अमेरिका छोड्ने तयारी गर्न चेतावनी दिइएको थियो । उनीहरूलाई अमेरिका बस्ने भए अन्य तरिकाबाट आवेदन दिन पनि भनिएको थियो । अहिले सन् २०१० को भूकम्पले सिर्जना गरेको परिस्थिति नरहेको भन्दै हइटीको टिपिएस अवधि समाप्त गर्ने निर्णयमा ट्रम्प प्रशासन पुगेको हो ।

“अन्तर–निकाय परामर्शसहित उपलब्ध सूचनाका आधारमा हइटीमा अहिले सन् २०१० को भूकम्पले सिर्जना गरेको विशेष परिस्थिति छैन भन्ने निष्कर्षमा एक्टिङ सेक्रेटरी पुग्नुभयो,” डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले भनेको छ, “त्यस कारण (हाइटीको) टिपीएस खारेज हुनुपर्छ ।”

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कुनै देशको नागरिक सुरक्षित रूपमा आफ्नो देशक फर्किन नसक्ने अवस्था भए वा सम्बन्धित देशले आफ्ना नागरिक फर्काउन अप्ठ्यारो अवस्था रहे टिपिएस पहिचान दिन्छ । त्यस्तो अवस्थामा नागरिक आन्दोलन वा प्राकृतिक प्रकोप पनि पर्छन् । घटनाभन्दा पहिले अमेरिकामा रहेका नागरिक टिपिएसका लागि योग्य हुन्छन् ।

हइटीको टिपिएस खारेज गर्ने सोमबारको निर्णय १८ महिना ढिला गरिएको डिपार्टमेन्टले जनाएको छ । उसका अनुसार अन्तरिम समय प्रभावकारी भन्न यस्तो ढिलाइ गरिएको हो ।

सन् २०१५ मा नेपालमा भूकम्प आएपछि सयौँ नेपाली टिपिएस पाएका छन् । नेपालले २४ जुन २०१५ मा टिपिएस पहिचान पाएको थियो । पछिल्लो पटिक थपिएको समयसहित त्यसको अवधि २४ जुन २०१८ सम्म छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू