अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८
| Colorodo: 01:13
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं गायक खुसीराम पाख्रिनको निधन भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउने क्रममा हृदयघात भएर ढलेका पाख्रिनको निधन भएको हो ।
पूर्व सांसद खुसीराम पाख्रिन चितवन आयोजित बामगठबन्धनको चुनावसभा तथा प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै ढले ।
अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो । अस्पतालले उनको मृत्युको आधिकारिक जानकारी दिन बाँकी छ ।